आदर्श सञ्चार सहकारीद्वारा बानपा-६ लङ्गाउँमा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्य दुरपती थापाका सासु आमा निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर–६ लङ्गाउँका शेयर सदस्य थापाका सासु आमा शीसामती थापाको गत साउन १४ गते निधन भएको थियो ।

थापाको निधन भएको ७ औं दिनको पुण्यतिथिमा घरमै पुगेर बुधबार श्रद्धाञ्जली सभा सहित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो ।

संस्थाको बानपा ६ को वडा स्तरिय समितिका संयोजक टेकबहादुर थापा, पूर्व सञ्चालक सिर्जना थापा मगरले समवेदना व्यक्त गर्दै शेयर सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप ५ हजार रुपैयाँ समेत प्रदान गर्नुभएको थियोे ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

संस्थामा हाल २ हजार ७ सय जना शेयर सदस्य, ५ करोड शेयर पूँजि, ३२ करोड बचत, ३४ करोड कर्जा लगानी र ४५ करोड कुल सम्पत्ती रहेको संस्थाका सचिव ललिता थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *