सर्वसिद्धिधाम पञ्चकोटबाट प्याराग्लाइडिङको सफल परिक्षण

आदर्श अनलाइन,बागलुङ

बागलुङ सदरमुकाम माथिको पञ्चकोटबाट शनिवार प्याराग्लाइडिङको परिक्षण उडान गरिएको छ ।

भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको बागलुङ महोत्सवमा प्याराग्लाईडिङ गर्ने योजना अनुसार परिक्षण उडान गरिएको हो । ।

महोत्सवसँगै साहसिक खेल प्याराग्लाइडिङको बागलुङमा व्यवसायिक सम्भावना समेत खोजिने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो । परिक्षण उडान सफल भएसँगै बागलुङ महोत्सवको मुख्य आर्कषणको रुपमा प्याराग्लाईडिङ राखिनेछ ।

पछिल्लो समय धार्मिक गन्तव्यको रुपमा प्रसिद्ध पञ्चकोटबाट उडान गरेर धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा सफल अवतरण गरिएको पाइलट कृष्णबहादुर सुनुवारले बताउनुभयो । परिक्षण उडानबाट राम्रै सम्भावना देखिएको उहाँको भनाई छ । महोत्सवका अवधिमा क्याम्पसमा महोत्सव हुने भएकाले उपल्लाचौर या कुडुले अवतरण गराईने उद्योग वाणिज्य संघ बागलुङका महासचिव नरेश कंडेलले बताउनुभयो । उद्योग बाणिज्य संघले पुसमा हुने महोत्सवमा पाँच वटा प्याराग्लाईडिङ सञ्चालन गर्ने योजना छ ।

बागलुङ उद्योग वाणिज्य संघले भ्रमण वर्ष तथा पुष ११ देखि २० सम्म छैठौं बागलुङ महोत्सव आयोजना गरेको छ । प्याराग्लाईडिङमा प्रख्यात पोखराको सराङकोट अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन भएपछि विकल्पका रुपमा बागलुङ, कास्की लगायतका जिल्लामा प्याराग्लाईडिङ सञ्चालन गर्ने सम्भावनाको खोजीमा पर्यटन व्यवसायी छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *