पाँच महिनामै सकियो रायडाँडाको बौद्ध गुम्बाको पुनःनिर्माण


आदर्श अनलाइन, बागलुङ

भुकम्पले थला पारेका केही धार्मिक संरचना निर्माण शुरु भएको पाँच वर्षमा समेत सम्पन्न नभएको अवस्थामा बागलुङमा भने पुनःनिर्माण थालेको बौद्व गुम्बा पाँच महिनामै सम्पन्न भएको छ ।

भुकम्पले क्षति पु¥याएको बागलुङ नगरपालिका–११ रायडाँडा स्थित शान्ति बौद्ध बिहार गुम्बा पुनःनिर्माण प्रारम्भ गरेको पाँच महिनामै सकिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालयले जनाएको छ ।

२०७२ सालको भुकम्पले क्षति पु¥याएको उक्त बौद्ध गुम्बाको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गर्न शुरु गरेको थियो । रायडाँडाको हलहले स्थित रहेको गुम्बाको पुनःनिर्माण प्राधिकरण र शान्ति बौद्व बिहारको साझेदारीमा पुनःनिर्माण गरिएको हो ।

२०६२ सालमा स्थापना भएको उक्त गुम्बा ७० सालमा बिधिवत दर्ता भएर सञ्चालनमा आए पनि २०७२ सालको भुकम्पले क्षति पु¥याएको थियो । बागलुङ नगरपालिका–११ रायडाँडाको वडा कार्यालयको निरन्तरको पहलमा गुम्बा पुनःनिर्माण गर्न प्राधिकरणले गत आर्थिक वर्ष २०७७÷७८ सम्झौता गरेको थियो ।

जिल्लामा निजी आवास, सडक, एकीकृत बस्ती तथा पुल पुनःनिर्माण गर्दै आएको राष्ट्रिय पुन ःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले यस पटक बौद्व गुम्बाको पुनःनिर्माण गरेको बागलुङका इकाई प्रमुख रेणुका पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार ६१ लाख रुपैयाँको लागतमा ८०० वर्ग मिटर गुम्बा निर्माण भएको हो । ६१ लाख मध्ये प्राधिकरणले ४० लाख र २१ लाख स्थानीय गुम्बा व्यवस्थापन समिति तथा श्रमदानबाट जुटाएर निर्माण गरिएको हो ।

एक भिक्षुले नियमित पाठपूजा गर्दै आएको उक्त गुम्बा भुकम्पले क्षति पु¥याए पछि जीर्ण अवस्थामा रहेकाले पुनःनिर्माणका लागि पहल थालिएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय जनश्रमदानमा पुरानो गुम्बा भत्काएर भुकम्प प्रतिरोधी नयाँ गुम्बा निर्माण गरिएको शान्ति बौद्ध बिहार राडयाडाँडाका निर्माण समितका अध्यक्ष रणबहादुर थापाले जानकारी दिनुभयो । “निर्माण शुरु भएको पाँच महिनामै गुम्बा पुर्ननिर्माण गरिएको छ,” थापाले भन्नुभयो “गुम्बा पुर्ननिर्माण पछि धार्मिक पर्यटक आउने हाम्रो विश्वास छ, बाहिरको पर्खाल तथा सामान्य काम बाँकी रहे पनि अन्य काम सम्पन्न भएको छ ।”

पहिला सानो ढुङ्गा माटोको गुम्बा भत्किएका कारण पुनःनिर्माण गरिएको हो । गुम्बा निर्माणको लागि अपुग २१ लाख रकम मध्ये केही जनश्रमदान, केही गुम्बा व्यवस्थापन समितिबाट जुटाइएको र १० लाख बजेट अपुग भएकोमा सरसापट गरेर गुम्बा सम्पन्न गरिएको हो । कोरोना महामारी हटेपछि उक्त अपुग भएको बजेट जुटाइने बागलुङ नगरपालिका–११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो । नयाँ निर्माण गरेको गुम्बामा पुरानो गुम्बामा रहेको बुद्धको मुर्ति प्रतिस्थापन गरिने निर्माण समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *