बानपा-१४ नारायणस्थान १० दिनका लागि निषेधाज्ञा

आदर्श अनलाइन, बागलुङ

जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थान १० दिनको लागि सिल गरिएको छ ।

बागलुङ नगरपालिकाको सिफारिसमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले आज राती १२ बजेदेखि लागु हुने गरी यहि साउन ३१ गतेसम्मलाई कडाइका साथ निषेधाज्ञा जारी गरेको हो ।

कोभिड–१९ को महामारी फैलिएसँगै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिनुभयो । नगरकार्यपालिकाको कार्यालयको पत्रानुसार डिसिएमसिको बैठकको सिफारिस, संक्रामक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन २०२८को दफा ६ (३), कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ एवं सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा खाद्यन्न, तरकारी दुध, औषधी दाना, ढुवानी तथा एम्बुलेन्स सेवा, कृषि तथा पशु पन्छी उत्पादन, मल, बीऊ सेवा भने सञ्चालन गर्न पाईनेछ ।
स्वास्थ्य सेवा र विपद् व्यवस्थापनको सेवा तथा अत्यावश्यक सरकारी सवारी साधन बाहेक अन्य नीजि तथा सार्वजनिक यातायात र सम्बन्धित वडाका बजार क्षेत्र भित्र चलाउन पाईने छैन ।

संघसंस्था, बैङ्क तथा बित्तिय संस्था, सहकारी सेवा र वडा कार्यालयहरुको सेवा समेत हाललाई स्थागित गर्ने निर्णय गरिएको र शैक्षिक संस्था पूर्ण रुपमा बन्द रहने छन् ।

कालीगण्डकी करिडोर तथा अन्य सडक मार्गमा चल्ने यातायात सेवा उक्त वडाहरुमा चढ्न र झर्न नपाउने गरि सञ्चालन हुने व्यवस्था गर्नु पर्नेछ । बिबाह, ब्रतबन्ध एवं संस्कारजन्य कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गरि ७ जना भन्दा बढी व्यक्ति सहभागि हुन पाईने छैन ।

अवज्ञा गरेमा स्थानीय प्रशासन ऐन २०२८, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ एवं अन्य प्रचलित कानुन बमोजिम कारबाही हुनेछ

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *