ढुङ्गामा चिप्लिएर निसीखोलामा एक मजदुरको मृत्यु


आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा काम गर्ने क्रममा चिप्लिएर एक मजदुरको मृत्यु भएको छ । खानेपानीको पाइप जोड्ने क्रममा चिप्लेर लड्दा आज दिउँसो एक मजदुरको मृत्यु भएको हो ।

गोरखाको धार्चो गाउँपालिका–२ केरौजाबेसी घर भई हाल बागलुङको निसीखोलामा झोलुङ्गे पुल बनाउने काम गर्दै आएका २६ वर्षीय बिरे गुरुङको चिप्लिएर लड्दा मृत्यु भएको छ ।

बागलुङको निसिखोला गाउँपालिका–७ राजकुटस्थित सेम्कादेखि चोलाङ जोड्ने झोलुङ्ग पुल बनाउने कामदार गुरुङको सोहि स्थानमा रहेको खानेपानीको पाइप मर्मत गर्ने क्रममा ढुङ्गामा चिप्लिन गई ५० मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *