सप्तरंगी उद्यमी सहकारीद्वारा सहकारी बैंकका सञ्चालक जिसी सम्मानित

आदर्श अनलाईन, बागलुङ
ग्रामिण क्षेत्रमा सहकारीको प्रवद्र्धन लगायत महिलाहरुलाई उद्यमशिल बनाउने अभियानमा महत्वपूर्ण योगदान गरेको भन्दै बागलुङको एक उद्यमी सहकारीले सहकारी अभियन्ता रामबहादुर जि.सी.लाई शनिवार सम्मान गरेको छ ।

बागलुङको काठेखोला गाउँपालिका वडा नं. ४ तंग्राम फापरखेतमा सञ्चालित सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले जिसीलाई सम्मान गरेको हो ।संस्थाको पाचौ वार्षिक साधारणसभाका अवसरमा संस्थाका अध्यक्ष थम कुमारी श्रीस लगायत पदाधिकारी तथा सदस्यहरुले सम्मान पत्र सहित जिसीलाई सम्मान गरेका हुन् ।

जिसी संगै साधारणसभामा सहकारीको संस्थागत विकासमा सहयोग पु¥याएको भन्दैं वडा नम्बर ४ का वडा अध्यक्ष केशव थापा, संस्थागत विकासमा सहयोग पु¥याएको भन्दै बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्मा, सञ्चार सहकारीको माध्यमबाट समाजमा योगदान पु¥याएको भन्दैं गुहेली सञ्चार सहकारी संस्थाका खिम बहादुर कार्की, संस्थागत क्षमता अभिवृद्धिको लागि सहयोग गरेको भन्दैं हेफर नेपालका फुलराम चौधरी, रिता शर्मा र चुणामणी उपाध्यायलाई सहकारी सम्मान गरेको छ ।

ग्रामिण क्षेत्रमा सञ्चालित सहकारीहरुको प्रवद्र्धनका साथै महिलाहरुलाई आयआर्जन र वचत परिचालन लगायत नेतृत्व विकासमा गरेको योगदानको सम्मान स्वरुप जिसीलाई सम्मान गरिएको संस्थाका अध्यक्ष थम कुमारी श्रीसले जानकारी दिनुभयो । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक जिसी विगत २६ वर्षदेखि सहकारी अभियानमा निरन्तर क्रियाशिल रही बागलुङ लगायत यस क्षेत्र र देशकै सहकारी अभियानमा सक्रिय रहनु भएको छ । जिल्ला सहकारी संघ बागलुङका पूर्व अध्यक्ष समेत रहेका जिसीले दुर्गम क्षेत्रमा महिला तथा विपन्न वर्गका जनताहरु सहभागी भएर सञ्चालित सहकारीहरुको प्रवद्र्धन तथा विकासमा योगदान गर्दै आएको अध्यक्ष श्रीसले बताउनुभयो ।

हेफर इन्टरनेशनलद्वारा प्रवद्धित सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्थाले महिलाहरुलाई उत्पादनमा सक्रिय बनाएर आयआर्जन वृद्धिमा सहयोग गरेको छ । शेयर सदस्य महिलाहरुले उत्पादन गरेका बाख्रा संकलन गरी गत आर्थिक वर्षमा मात्रै संस्थाले करिव १ करोड रुपैया गाउँ भित्र्याएको छ । महिलाहरुले उत्पादन गर्ने कुखुरा लगायत फलफूल, अन्न तथा तरकारी समेत विक्री वितरणको व्यवस्थाका लागि तयारी थालिएको संस्थाका सचिव याम कुमारी पुनले जानकारी दिनुभयो ।

साधारणसभामा प्रमुख अतिथि समेत रहनु भएका सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले उत्पादनका क्षेत्रमा सप्तरंगी महिला सहकारीले छोटो समयमा उल्लेख्य काम गरेको भन्दै आगामी दिनमा थप शसक्त भएर लाग्न आग्रह गर्नु भयो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर थापा, गुहेली सञ्चार सहकारी संस्थाका अध्यक्ष खिम बहादुर कार्की, हेफर नेपालका कार्यक्रम अधिकृत फुलराम चौधरी, संस्थाका सल्लाहकार यामबहादुर पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारणसभा संस्थाका अध्यक्ष थम कुमारी श्रीसको अध्यक्षता, सचिव याम कुमारी पुनको सञ्चालन र सह सचिव लक्ष्मी पुनको स्वागतमा सम्पन्न भएको थियो । साधारणसभाले आर्थिक तथा प्रगति प्रतिवेदन पारित गरेको छ । सदस्यहरुलाई व्यावसायीक बनाउँनको लागि विभिन्न तालिमको आयोजना गर्दै आएको संस्थाले कृषि र पशुपालमा जोड दिदंै आएको छ । सहकारीले आर्थिक वर्ष २०७६÷७७ मा ७९ लाख ५२ हजार १ सय ७५ रुपैया बराबरको खसी बोका विक्रि गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *