डा.सरोज राय यादव
अधिक गर्मी, वर्षा, भुवास्प, अम्लापाकी जल, दुषित जल आदि कारणले शरीरको अग्निमन्द –पाचन शक्ति कमजोर) भएर जान्छ । मानिसहरुको शारीरिक शक्ति कमजोर भएर जान्छ र व्यक्तिले दुर्बल भएको अनुभव गर्दछ । त्यसकारण यो समयमा वमन–विरेचन, वस्ती कर्म आदिद्वारा शरीरको शोधन गर्नु हितकर हुन्छ । यसका साथै यो ऋतुमा गुलियो, अमिलो, नुनिलो रस र चिल्लो गुण भएका जौ, गहँु, पुरानो चामल, मुंग, मुसुरो, लसुन, अदुवा, प्याज तथा ऋतुमा पाउने स्थानीय फलफुल आहारको रुपमा सेवन गर्नु हितकर हुन्छ । यो ऋतुमा दुषित पानीको प्रयोगबाट उत्पन्न संक्रमणजन्य रोगहरुको खतरा हुने भएकोले उमालेर सेलाएको पानी खानु स्वाथ्यका लागि धेरै हितकर हुन्छ ।
निषेधः यो ऋतुमा चिसो, बासी र रुक्ष गुण भएका करेला, सुकुटी, तरकारी वा माछा, मासु, मकै, भैसीको दुध जस्ता खानेकुराहरु र दिउँसो सुत्ने, अति व्यायाम, मैथुन (सहवास), घाम सेवन आदि अहितकर हुन्छ ।
पथ्य आहार–विहारः
वर्षा–ऋतुमा लघु, सुपाच्य, ताजा, तातो र पाचक अग्निलाई बढाउने खाद्य–पदार्थको सेवन हितकारक हुन्छ । वात दोषलाई शान्त गर्ने खालको खानेकुराहरु पुरानो अनाज, जस्तैः गहु, जौ, शालि और साठी चावल, सरसों, रायो, खिचड़ी, दही, मट्ठा, मूँग र अरहरको दाल आदि त्यस्तै तरकारीहरूमा– लौका, भिण्डी, टमाटर और पुदीनाको चटनी, सब्जि तथा गेडागुडीको सूप र फलफूलहरुमा– स्याउ, केरा, अनार, नाशपाती, पाकेको जामुन र आँप तथा घ्यु र तेलबाट बनेको नुनिलो पदार्थ उपयोगी हुन्छ । आप र दूधको सेवन विशेष रूपले लाभकारी हुन्छ । आँप पाकेको, ताजा र गुलियो हुनुपर्छ किनकी काँचो, अमिलो आँप फाइदाको साटो हानी पु¥याउन सक्छ । पाकेको आप खाएपछि दुध खानाले शरीर पुष्ट हुन्छ । यदि एक पटक भोजनको साटो आप र दूधको उचित मात्रामा सेवन गर्ने हो भने, शरीरमा शक्ति, सुडौलता र पुष्टि आउँछ । यसै प्रकारले पाकेको (बिना दाग वाला) तथा पुष्ट थोरै मात्रामा भए पनि जामुनको नियमित रूपले सेवन गर्नाले त्वचाको रोग, रातो दाग तथा डाबर , जलन र प्रमेह(मधुमेह) आदि रोगहरुमा निकै राम्रो लाभ प्राप्त हुन्छ । दहीको लस्सीमा ल्वांग, त्रिकटु (सोंठ, पिप्पली र कालो मरिच), सिंधे नुन, ज्वानो, बिरे नुन आदि मिसाएर पिउने गरेमा यो ऋतुमा पाचन–शक्ति ठीक रहन्छ । लहसुनको चटनी र मह पनि जल एवम् अन्य पदार्थसंग मिसाएर खानु उपयोगी छ । यो मौसममा वात र कफ दोषलाई शान्त गर्नका लागि कटु, अम्ल र क्षार पदार्थको सेवन गर्नु पनि लाभदायक हुन्छ । अमिलो, नुनिलो र चिल्लो पदार्थको सेवन गर्नाले वात दोषलाई शमन गर्न सहयोग हुन्छ । विशेष रूपले अधिक वर्षा र आँधीले मौसम चिसो भएको बेलामा । यो समयमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि रसायनको रूपमा हर्रोको चूर्ण सिंधे नुनसंग खानु राम्रो हुन्छ ।
यो ऋतुमा दुषित पानीको प्रयोगबाट उत्पन्न संक्रमणजन्य रोगहरुको खतरा हुने भएकाले उमालेर सेलाएको पानी खानु स्वाथ्यका लागी धेरै हितकर हुन्छ । शरीरमा उबटन लगाउने वा मालिश लाभदायक हो । लुगाहरु सफा र हलुङ्गो लगाउने तथा भिज्यो भने तुरुन्त फेर्ने गर्नुपर्छ । सुत्ने स्थान धेरै हावा नआउने र ओसिलो नहुने गरी मिलाउनु पर्छ । भोजन भोक लागेपछि र सधै एकै ठीक समयमा साथै राति चाडै नै गर्नुपर्छ । लामखुट्टेको आदिबाट बच्नको लागि झुलको प्रयोग गर्ने र घर वरिपरी रहेको खाल्डोमा जमेर बसेको, फोहोर पानीमा लामखुट्टे, झिंगा आदि हुने भएकोले खाल्डो पुर्ने वा किटनासक औषधी छर्किनुपर्छ । यसरी यो ऋतुमा सरसफाईमा पनि बिशेष ध्यान दिनुपर्दछ ।
अपथ्य आहार–विहारः
वर्षा ऋतुमा पात भएको सागसब्जि, सुक्खा पदार्थ, चना, उड़द, मटर, मसूर, ज्वार, आलू, कटहल, सिंघाड़ा, करेला र पानीमा सातु घोलेर खानु हानिकारक छ । वर्षा ऋतुमा जब वर्षा धेरै कम हुन्छ, तब पित्तको प्रकोप हुन् जान्छ । यस्तो समयमा अमिलो, तारेको, बेसनबाट बनेको पदार्थ, धेरै–मिर्च मसाला राखेर पकाएको, बासी खाद्य–पदार्थ र पित्त बढाउने खानेकुराको प्रयोग गर्नुहुदैन ।
दिनमा सुत्ने, घाममा हिँड्ने वा काम गर्ने, अधिक मैथुन, अधिक पैदल हिँड्ने एवम् अधिक शारीरिक व्यायाम पनि हानिप्रद हुन्छ । भारी भोजन, बार–बार भोजन र भोक नलाग्दा भोजन गर्नुहुदैन । रातीको समयमा दही, मही बिल्कुलै खानु हुन्न ।
भिजेको, गिलो र ओसिलो कपडा तथा ओछ्यानको प्रयोग गर्नुहुदैन ।
फल, सब्जी आदि खाद्य–पदार्थ राम्ररी पखालेर प्रयोग गर्नुपर्छ ।
नदी, तलाउ आदिको अशुद्ध जल तथा जहाँ–तहाँको दूषित जल खानु हुन्न ।
यो ऋतुमा साइकिल, स्कूटर, कार आदि वाहन धेरै तेज गतिले चलाउनु हुन्न ।