जबरजस्ती करणी गर्ने म्याग्दीका एक युवक पक्राउ

आदर्श अनलाइन,म्याग्दी

म्याग्दीमा १६ वर्षिया किशोरीलाई जबरजस्ती करणी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको बेनी नगरपालिका– ५, पुलाचौर स्थित फरक मानसिक अवस्थाकी १६ बर्षिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही गाउँका २० बर्षिया मोहन छिनाललाई आइतबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ ।

पक्राउ परेका छिनाललाई जिल्ला अदालत म्याग्दीबाट दश दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जन्मजात फरक मानसिकता भएकी किशोरीलाई छिनालले गत बर्ष फागुन २१ गते बिहान ६ बजेको समयमा ललाई फकाई करणी गरेका थिए ।

पीडित किशोरीको स्वास्थ्य परिक्षण गर्दा पेटमा गर्भ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *