आधुनिक स्वास्थ्य भवनका लागि मल्ममा जग्गा व्यवस्थापन

थम्मन थापा, गलकोट

बागलुङ जिल्लाको गलकोट नगरपालिका ७ मल्ममा स्वास्थ्य चौकीको आधुनिक भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरिएको छ ।

स्वास्थ्य चौकी जग्गा व्यवस्थापन समितिको शनिवारको बैठकले मल्म स्वास्थ्य चौकीको लागि आँगाखेतमा नयाँ जग्गा व्यवस्थापन गरेको हो ।

साविकको स्वास्थ्य चौकी रहेको स्थानमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ मापदण्ड अनुरुप जग्गा कम भएकोले नयाँ स्थानमा जग्गा व्यवस्थापन गरिएको मल्म स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले आदर्श अनलाइनलाई जानकारी दिनुभयो । नयाँ मापदण्डको सुविधा सम्पन्न आधुनिक स्वास्थ्य चौकी निर्माण गर्ने उद्येश्यले मल्ममा स्वास्थ्य चौकी जग्गा व्यवस्थापन समितिले गृहकार्य गरिरहेको थियो ।

मल्म आँगाखेत निवासी स्थानियहरु वसन्त केसी, गजिन्द्र केसी, भरत केसी, हुम बहादुर केसी, लाल बहादुर केसी, नारायण केसी, टिका बहादुर केसी, गोपाल केसी, गजेन्द्र केसी ९ख० ले निशुल्क जग्गा उपलब्ध गराउनुभएको स्थानीय वसन्त केसीले जानकारी दिनुभयो ।

निर्माणाधिन स्वास्थ्य चौकी सम्म सडक पुराउन सडक ट्रयाक आसपासका जग्गादाताहरु समेत सहमति भएको केसीले बताउनु भयो । सडक निर्माणको लागि गलकोट नगरपालिका वडा नं ७ को कार्यालयले नगद रु डेढ लाख सम्म सहयोग गर्ने प्रतिवद्वता गरेको छ । अब तत्कालै मालपोत कार्यलयमा गएर जग्गा रजिष्ट्रेशन पास गर्ने र सडक निर्माण गर्ने निर्णय गरिएको छ । आवश्यक कागजी र कानुनी प्रकृया पुरा भएपछि भवन निर्माणको लागि योजना पेश गर्ने र आधुनिक स्वास्थ्य चौकी निर्माणको कार्य अगाडी बढाउने वडा सदस्य लोकबहादुर थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *