सदस्यहरुको आर्थिक सम्वृद्धिमा सहकारी केन्द्रित हुनुपर्छ

आदर्श अनलाईन, बागलुङ ।
गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था गलकोटका सेयर सदस्य गंगा भुजेलले सहकारीले न्यून आयस्तर भएका सदस्यहरुको आर्थिक सम्वृद्धिको लागि सहकारी संस्था केन्द्रित हुनुपर्ने बताउँनुभएको छ ।

संस्थाको दोस्रो साधारणसभाको अवसरमा बोल्दै उहाँले यस्तो बताउँनुभएको हो । ग्रामिण स्तरमा खोलिएका सहकारीहरुमा न्यून आए भएकाहरु सदस्य हुन्छन् भुजेलले भन्नुभयो त्यसैले सहकारी नाफामा मात्र नभएर सदस्यको जीवनस्तर वृद्धि गर्न केन्द्रित हुनुपर्छ । उहाँले सहकारीहरु सहकारीको मुल्य र मर्म भित्र रहेर मात्र काम गर्नुपर्ने भन्दैं बचत र ऋणको कारोबारमा मात्र केन्द्रित हुन नहुने बताउँनुभएको थियो । शुक्रबार गलकोटमा सहकारीको साधारणसभामा संस्थाका कोषाध्यक्ष घमबहादुर काउचाले १ करोड ८१ लाख ३७ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी सचिव डम्बर श्रीषले प्रगति प्रतिवेदन, लेखा समिति संयोजक दिपक थापाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका कर्जा संयोजक याम श्रीषले मनतव्य व्यक्त गर्नुभएको थियो । साधारणसभा उपाध्यक्ष कौशिला घर्तीको स्वागत अध्यक्ष पूर्णबहादुर घर्तीको अध्यक्षता र प्रबन्धक दान बहादुर श्रीषको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *