३१ विद्यालयका १३ हजार विद्यार्थीलाई शुद्ध खानेपानी

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ को नर्जाखानी स्थित निकै दुर्गम गाउँको विष्णु आधारभुत विद्यालय परिसरमा खानेपानीको सुविधा थिएन । १ सय ७० बढी विद्यार्थी रहेको उक्त विद्यालयका विद्यार्थी शुद्ध खानेपानीका लागि कष्ट झेल्दै आएका थिए ।

विद्यालय नजिकैको सामुदायिक धारोमा निर्भर हुनुपर्ने बाध्यता रहेकोमा अहिले विद्यालय परिसर भित्रै खानेपानी धारा बनेको छ । २०४६ सालमा स्थापना भएको विद्यालयमा अहिले कक्षा १ देखि आठ सम्म पढाई हुन्छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)ले आठ लाख खर्चेर विद्यालयमा शुद्ध खानेपानीको पहुँच पु¥याएको हो । विद्यालय भन्दा एक हजार ८ सय मिटर माथिको खेतापानी मुहानबाट विद्यालयमा छुट्टै पाइपलाइन विस्तार गरी खानेपानी ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण छन्त्यालले बताउनुभयो ।

“विद्यालय परिसरमा खानेपानीको पहुँच थिएन, विद्यालय नजिकैको सामुदायिक धारामा खानेपानीको भर पर्नुपर्ने हुन्थ्यो,” विव्यस अध्यक्ष छन्त्यालले भन्नुभयो “पुनःनिर्माण प्राधिकरणले विद्यालयमै खानेपानी ल्याउने, ट्याङ्की निर्माण गर्ने र शुद्धिकरणका लागि युरो गार्ड समेत जडान गरेको छ, जसले विद्यार्थीलाई शुद्ध खानेपानीको व्यवस्थापन भएको छ ।” उक्त विद्यालयमा चार कोठे भवन समेत पुनःनिर्माण गरिसकेको छ ।

विद्यालय भवन, विद्यालयमा शौचालय निर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले आर्थिक वर्ष २०७६/०७७ सालदेखि खानेपानीको अभाव झेलिरहेका विद्यालयमा शुद्ध खानेपानीको समेत पहुँच पु¥याउन थालेको हो ।

कार्यालयले हाल सम्म नर्जाखानीको विष्णु आधारभूत विद्यालय जस्तै जिल्लाका ३१ विद्यालयका झण्डै १३ हजार विद्यार्थीका लागि शुद्ध खानेपानीको सहज व्यवस्थापन गरिसकेको जनाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा शुरु भएका ३१ विद्यालयमा सञ्चालित खानेपानी आयोजनामा ३० विद्यालयमा सम्पन्न भइसकेको र नेपाल माध्यामिक विद्यालय ताराखोलामा सम्पन्न हुन बाँकी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इकाई प्रमुख मोतिलाल चपाईले जानकारी दिनुभयो ।

“जिल्लाका ३१ विद्यालयमा सञ्चालित खानेपानी योजनाको काम सकिएको छ, झण्डै १३ हजार विद्यार्थी शुद्ध खानेपानीको पहुँचमा पुगेका छन्” चपाईले भन्नुभयो “कतिपय विद्यालयमा खानेपानी मर्मत, ट्याङ्की र युरोगार्ड राखिएको छ भने कतिपय विद्यालयमा नयाँ खानेपानी योजनाबाट पानीको व्यवस्था गरिएको छ ।” ३१ विद्यालयमा शुद्धिकरणको लागि युरोगार्ड जडान गरिएकाले सबै विद्यार्थीलाई शुद्ध खानेपानी उपलब्ध हुनेछ । कुनै विद्यालयमा पहिले नै खानेपानीको व्यवस्था भए पनि शुद्धिकरण र खानेपानी संकलन ट्याङ्कीकोे भने प्रयाप्त व्यवस्थापन थिएन ।

प्रत्येक विद्यालयमा १२ हजार लिटरको भूइँ ट्याङ्की बनाइएको, आवश्यकता अनुसार माथि तान्न्ने पम्पको व्यवस्था, शुद्धिकरण औजार र धारो निर्माण गरिएको छ । विद्यालयमा विद्यार्थीको चाप संख्याको आधारमा युरोगार्ड जडान गरिएको छ ।

एक लाख देखि चार लाख सम्मको युरोगार्ड मात्रै जडान गरिएको छ । विद्यार्थी संख्याको आधारमा ३१ विद्यालयमा चार लाख देखि ८ लाख ५० हजार रुपैयाँ सम्मको बजेट विनियोजन गरेर शुद्ध खानेपानीको पहुँच पु¥याइएको हो ।

भइरहेको खानेपानी मर्मत, नयाँ खानेपानी आयोजना लगायतका काम समेत सोही बजेट भित्रै समावेश गरिएको छ । समथर भागमा रहेका स्कूलमा पानी तान्ने पम्प समेत जडान गरिएको शिक्षा इकाईका प्रमुख चपाइले बताउनुभयो ।

विद्यार्थीका लागि शुद्ध खानेपानी उपलव्ध गराउन उच्च स्तरिय इलेक्ट्रिक मेसिन युरोगार्डद्वारा फिल्टर गरिएको खानेपानी विद्यालयमा वितरण गरिएको हो । खानेपानीको समस्या रहेको जिल्लाको काठेखोला गाउँपालिकाका कादेश आधारभूत विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, जनकल्याण आधारभूत विद्यालय, रेश नुन्थला माध्यामिक विद्यालय जैमिनी नगरपालिकाको सुन्तलाचौर माध्यामिक विद्यालय, ढोरपाटन नगरपालिकाको उत्तरगंगा माध्यामिक विद्यालय, अर्नाकोट आधारभूत विद्यालयमा खानेपानी योजनाको काम गरिएको छ ।

यसैगरी, तमानखोलाको सरस्वती आधारभूत विद्यालय,विष्णु आधारभूत विद्यालय, बागलुङ नगरपालिकाको विद्यामन्दिर माध्यामिक विद्यालय, श्री गणेश माध्यामिक विदालय, गौरिशंकर आधारभूत विद्यालय, सिगाना माध्यामिक विद्यालय, लक्ष्मीनारयण आधारभूत विद्यालय, पृथ्वी हिरण्य माध्यामिक विद्यालय, तितौरे माधमिक विद्यालय, विश्वकर्मा माध्यामिक विद्यालय, मालिका माध्यामिक विद्यालय र चौतारेडाँडा माध्यामिक विद्यालयमा शुद्ध खानेपानीको पहुँच पु¥याइएको छ ।

ताराखोला गाउँपालिकाको अर्गल माध्यमिक विद्यालय, प्रजातन्त्र विकास विद्यालय, दुर्गा भवानी माध्यामिक विद्यालय, निसीखोला गाउँपालिकाको जनजिवराज सुशिल माध्यमिक विद्यालय, जनहित आधारभूत विद्यालय, बडिगाड गाउँपालिकाको श्री सिद्ध माध्यामिक विद्यालय, पौदीटारी प्रावि, खड्गदेवि माध्यमिक विद्यालय, त्रिभूवन नमूना माध्यमिक विद्यालय र बरेङ गाउँपालिकाको शारदा माध्यमिक विद्यालय र पुरुषोदय माध्यमिक विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *