पर्वत समाज कतारद्वारा पुर्व सह-कोषाध्यक्ष केसीको बिदाइ

आदर्श अनलाइन, कतार
पर्वत समाज कतारले पुर्व सह-कोषाध्यक्ष सोम बहादुर केसीलाई सम्मान सहित बिदाइ गरेको छ ।

कतारको २ दशकको बसाई बिट मारेर नेपाल जान लाग्नु भएका पुर्व सह-कोषाध्यक्ष केसीलाई सोमबार एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।

बिदाइ हुँदै केसीले संस्थामा आवद्ध भएर आफुले समाज बुझ्ने अवसर पाएको भन्दै आगामी दिनमा जहाँ रहे पनि संस्थाले गर्ने हरेक क्रियाकलापमा साथ सहयोग गर्ने बताउनुभयो ।

केसीलाई अन्तर्राष्ट्रिय पर्वत समाजका सचीव शेष तिमिल्सिना, पर्वत समाज कतारका संरक्षक अजय बिश्वकर्मा र छबिलाल भट्टराई लगाएतले दोसल्ला ओढाएर मायाको चिनो र सम्मान-पत्र प्रदान गर्नुभएको थियो ।

पर्वत समाज कतारका अध्यक्ष श्याम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष सन्तोष क्षत्री र संचालन सचिव सेवक बिकले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *