बागलुङका ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु


–आदर्श अनलाइन, बागलुङ
कोरोना भाईरस संक्रमणका कारण बागलुङ नगरपालिका–२ का ४८ बर्षिय पुरुषको मृत्यु भएको छ । बुधबार बिहान उहाँको काठमाण्डौँ स्थित मेडिसिटि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यो संगै बागलुङमा कोरोनाबाट मृत्यु हुँनेको संख्या ६४ पुगेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।


संक्रमण पुष्टी भइ होम आइसोलेसनमा बस्दै आउनुभएको उहाँकोे श्वासप्रश्वासमा समस्या भएपछि श्रावण १९ गते अस्पताल भर्ना गरिएको थियो । केही समय अघि मात्रै पोर्चुगलबाट छुट्टीमा नेपाल आउनुभएको उहाँलाई कारोना भाईरसको संक्रमणले समस्या पारेपछि धौलागिरी अस्पताल भर्ना हुनुभएको थियो ।

बुधबार बिहान पारिवारिक स्रोतबाट मृत्यु भएको जानकारी पाएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

उहाँको एक्कासी फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि चार दिन अघि मात्रै कैलाश एयरको हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *