बागलुङमा अब नर्सिङ सेवासहितको बृद्धाश्रम


–खेमराज गौतम, बागलुङ

बागलुङ नगरपालिकाको पहलमा बागलुङको निरयघाट नजिकै सुविधा सम्पन्न बृद्धाश्रम निर्माण हुने भएको छ ।

बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणधीन मानव सेवा आश्रमको भवन नजिकै सुविधा सम्पन्न वृद्धाश्रम निर्माण गरिने भएको छ । वृद्धाश्रम निर्माणका लागि ठेक्का प्रकृयामा जान थालेको बागलुङ नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको समन्वयमा राष्ट्रिय योजना आयोजको सिफरिसमा अर्थमन्त्रालयले विशेष अनुदानमा वृद्धाश्रम निर्माण गर्न थालेको हो ।

बागलुङ नगरपालिकाले हेला होचोमा परेको वृद्धवृद्धा, परिवारका सदस्यबाट बहिस्कारमा परेका, स्याहार सुसार नपाएकाहरुलाई आश्रय दिनका लागि वृद्धाश्रम निर्माण गर्ने योजना चार वर्ष अघिनै अघि सारेको भएपनि अहिले आएर बजेट बिनियोजन भएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“सकेसम्म वृद्धाश्रम जाने बातावरण नबनोस भन्ने आम धारण हुन्छ तर पछिल्लो समयमा वृद्धाश्रम अनिवार्य जस्तै बन्दै गएको विभिन्न सथानमा सञ्चालनमा आएका आश्रमले देखाउछ” नगरप्रमुख पौडेलले भन्नुभयो “घरमा बस्ने बातावरण नभएका, हेला होचामा परेका र संरक्षणको अभाव भएकालाई जस्ले संरक्षण खोजेका छन् उस्लाई संरक्षण दिने, ध्यान गर्न, योग गर्न सिकाउने र खुसी जीवन ज्ञापन गर्न सिकाउने मुल उद्देश्य हो ।” वैदेशिक रोजगारिका लागि युरोप अमेरिका जानेहरुले आफ्ना बुबा आमालाई वृद्धाश्रममा राख्ने गरेको समेत पाइएको छ ।

आर्थिक वर्ष २०७८÷८९ मा एक तला भवन निर्माण गर्ने योजना रहेको र जस्का लागि रु. दुई करोड ६७ लाख बजेट विनियोजन भएर आएको छ । भवन निर्माणका लागि तत्कालै ठेक्का प्रकृयामा जाने बागलुङ नगरपलिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो ।

निरयघाटमा रहेको जंगेश्वर महादेव लक्ष्मीनारायाण गुठीको पाँच रोपनी जग्गामा अहिले एक तला दुईवटा भवन निर्माण हुँनेछ । ध्यान केन्द्र, नर्सीङ सेन्टर, किचल, डाइनिङ सहित १४ कोठा निर्माण गरिने शर्माले बताउनुभयो । उक्त गुठीको जग्गामा मानव सेवा आश्रम निर्माण गर्न सात रोपनी जग्गा उपलव्ध गाराइएको बागलुङ नगरपालिकाले जनाएको छ । बागलुङ बजारमा जग्गाको अभाव भएपछि मानव सेवा आश्रम र वृद्धाश्रम दुवैलाई निरयघाटमा रहेको गुठीको जग्गा उपलव्ध गराइएको हो ।
पाँच रोपनी जग्गामा कम्पाउड, पार्क, व्यायम केन्द्र, ध्यान गर्ने सभाहल सहितको तीन वटा तीन तले भवन निर्माण भएर आश्रमले पूर्णता पाउँन झण्डै १२ करोड खर्च हुँने इन्जिनियर शर्माले बताउनुभयो ।
“निर्माण गर्दै जाने वृद्धवृद्धा राख्दै जाने नगरपालिकाको योजना हो, वृद्धाश्रम पुरा हुन त समय लाग्ला अहिले १४ कोठाको भवन बन्नेछ” इन्जिनियर शर्माले भन्नुभयो “विद्धाश्रममा स्वास्थ्यकर्मी सहितको सेवा हुँनेछ, वृद्धाश्रम सञ्चाजनका लागि कार्यवृद्धि बनाइनेछ ।” बृद्धाश्रममा अस्थायी रुपमा सेमत अभिभावकत्व प्रदान गर्ने गरी वृद्धवृद्धा राख्न सकिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *