गर्भवती र स्तनपान गराइरहेका आमालाई कोरोना खोप उपलब्ध गराउन माग

आदर्श अनलाइन, काठमाडौं

नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग) ले गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप उपलब्ध गराउन माग गरेको छ। 

नेसोगले एक विज्ञप्ति जारी गरी कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै गर्भवती र स्तनपान गराई रहेका महिलालाई तत्काल खोप उपलब्ध गराउन माग गरेको हो। कोभिड १९ विरुद्धको खोपले गर्भवती महिला र गर्भमा रहेको शिशुलाई कुनै असर नगर्ने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले देखाएको नेसोगले जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा आगामी दिनहरुमा सरकारले भ्याक्सिन दिनको लागि पहिचान गर्ने लक्षित समूहहरुमा गर्भवती र स्तनपान गराई रहेका (दुई वर्षसम्मका बालक भएका) महिलालाई समेत तत्काल समेट्न र प्राथमिकतामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग जोडदार अनुरोध गर्दछ।’

यसअघि नेसोगले कोरोना खोप पाउने लक्षित समूहमा गर्भवती महिलाहरुलाई राख्न आग्रह गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र समेत बुझाएको थियो। 

नेपाल सहित भारत, अमेरिका र बेलायतमा पनि प्रसूति सम्बन्धी चिकित्सकहरुले गर्भवती महिलाहरुलाई खोप लगाउन मिल्ने सुझाव दिएका छन्। उनीहरुका लागि छुट्टै खोप केन्द्रको व्यवस्था समेत गर्न सरकारलाई नेसोगको सुझाव छ। 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *