आदर्श सञ्चार सहकारीद्वारा सिगानामा श्रद्धाञ्जली


–आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका आफन्तको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा तथा मृत्यु राहत रकम प्रदान गरेको छ ।

यस सकारही संस्थाका सञ्चालक गिता खड्का, शेयर सदस्यहरु मन्जु खड्का, ललित बहादुर खत्रीका पुजनीय पिता तथा शेयर सदस्य नारायणी खत्रीका ससुरा बुबा बागलुङ नगरपालिका वडा नम्बर–८ सिगाना निवासी टेक बहादुर खत्रीको निधन प्रती सहकारीले घरमै पुगेर श्रद्धाञ्जली सभा र मृत्यु राहत रकम हस्तान्तरण गरेको छ ।
खत्रीकोे निधन भएको १० औं दिनको पुण्यतिथिमा घरमै पुगेर श्रद्धाञ्जली सभा सहित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो ।

संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्का, कोषाध्यक्ष पूर्ण बहादुर कार्की लगायतले समवेदना व्यक्त गर्दै शेयर सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप १० हजार रुपैयाँ समेत प्रदान गर्नुभएको थियोे ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

संस्थामा हाल २ हजार ७ सय २० जना शेयर सदस्य, ५ करोड शेयर पूँजि, ३२ करोड बचत, ३४ करोड कर्जा लगानी र ४५ करोड कुल सम्पत्ती रहेको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *