बागलुङ बजारमा निषेधाज्ञामा हिँड्ने २५ जनालाई सडकमै कारबाही !

आदर्श अनलाइन,बागलुङ

जिल्ला सदरमुकाममा निषेधाज्ञाको उल्लंघन गर्दै हिँड्डुल गर्नेलाई काराबाही गर्न थालिएको छ ।

बागलुङ बजारमा शुक्रबार बिना काम हिँड्डुल गरेका २५ जनालाई नियन्त्रणमा लिएर साँझ सम्झाई बुझाई गरेर छाडिएको प्रहरीले जनाएको छ ।

लामो पुल घुम्न गएकालाई बांगेचौरमा राखेर सम्झाउँदै प्रहरी । तस्बिरः अर्जुन ढकालको फेसबुकबाट साभार

बागलुङ बजार, बागलुङ पर्वत जोड्ने लामो पुलमा घुम्न गएकाहरुलाई साँझ बागलुङ बजारको लोकतान्त्रिक चोक, उपल्लाचौर र बांगेचौरमा केही समय उभ्याएर राखिएको थियो । पछि आगामी दिनमा गल्ती नदोहोर्याउन सचेत गराउँदै सम्झाई बुझाई गरि छाडिएको प्रहरी नायव उपरीक्षक इकवल हवारीले जानकारी दिनुभयो ।

बिना काम बजारमा हिँड्डुल गरेकालाई लोकतान्त्रिक चोकमा सडकमै उभ्याएर सम्झाउने क्रममा ।

अब पनि निषेधाज्ञा उल्लंघन गर्दैै बेवास्ता गरेर हिँडेको पाइएमा नियमानुसार जरिवाना समेत गरिने प्रशासन कार्यालयले चेतावनी समेत दिएको छ ।

लामो पुल घुम्न गएकालाई बांगेचौरमा राखेर सम्झाउँदै प्रहरी । तस्बिरः अर्जुन ढकालको फेसबुकबाट साभार

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *