बर्खामा दुर्घटना जोखिमका सडक, सास्ती खेप्दै यात्रु

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ

बागलुङ बजार देखि बुर्तिवाङ हुँदै निसीखोला पुग्ने राष्ट्रिय गौरवको आयोजना छ । बागलुङबाट निसी जान पशिला एक दिन लाग्यो अहिले निसी सम्मै सडक कालोपत्रे छ तर बागलुङ बजार देखि घोडाँबाधे सम्मको सडक कालोपत्रे भएको छैन ।

यही सडकमा घण्टौ सवारी फस्ने, जाम हुँने र सडक अबरुद्ध हुँदै आउदा नागरिकलाई सास्ती खेप्नु परेको छ । हिउँदमा एक डेढ घण्टा मा पार हुँने घोडा बाधे देखि बागलुङ बजार सम्मको २५ किलोमिटर सडक बर्खामा चार घण्टा सम्म लाग्ने गरेको छ ।

सडक हिलाम्मे, खाल्टाखुल्टी हुँदा सवारी फस्ने, विग्रने मात्र होइन दुर्घटनाको समेत जोखि हुँने गरेको छ । बुर्तिवाङबाट सरर बालोपत्रे सडक मा आएपनि जिल्ला सदरमुकाम नजिकै सडकको हालत देख्दा यात्रा गर्न नपरोस भन्ने लाग्ने यात्रु सविना कुँवरले गुनासो गर्नुभयो ।

“बागलुङको छेउमा जिल्ला सदरमुकाम छ, प्रशासनिक काम गर्न जिल्ला सदरमुकाम आउनै प¥यो” कुँवरले भन्नुभयो “कालोपत्रे नुहँदा सवारी दुर्घटनाको जोखिम मोलेरै भएपनि यात्रा गर्न बाध्य छ, यो सडक कहिले कालोपत्रे होला भन्ने हामी बागलुङका पश्चिम बासीको दिन गनेका छौं ।”

मध्यपहाडी राजमार्ग मात्रै होइन अर्को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालिगण्डकी करिडोर वर्खा लागेपछि अबरुद्ध नै छ । खुलेको तीन चार दिनमानै अबरुद्ध हुँने सडक सडक विभागलाई हस्तान्तरण भएपनि झनै समस्यामा परेको छ ।

जिल्लाको दक्षिण क्षेत्र जोड्ने करिडोर बन्द छ भने बलेवा हुँदै कुस्मिशेरा जाने सडकमालढुङ्गा पारी पटक पटक पहिरो जादा निकै कष्टकर यात्रा गर्नु पर्ने यात्रुहरुको गुनासो छ । सडक दुर्घटनाको जोखिम मोलेर यात्रुहरु यात्रा गर्न बाध्य भएका छन् ।

बागलुङ नगरपालिका भित्रैको रायडाँडा, भकुण्डे र तित्याङ नाम मात्रैका सडक हुन् । वर्खालेगेपछि घण्टौ लाग्छ यात्रुलाई गन्तव्यमा पुग्न छ । तित्याङ र भकुण्डे सम्मका सडक सुधार नहुँदा रायडाँडामा निकै कष्टकरले मात्रै सवारी पुग्ने गरेको बागलुङ नगरपालिका– ११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो ।

बागलुङका सडकहरु भौगोलिक कारणले समेत भिरालो पहाडमा खनेका हुँनाले बर्खामा सडकमा पहिरो जाने, ज्यान हत्केलामै हालेर यात्रुहरु यात्रा गर्न बाध्य रहेका छन् ।

सडक सुधार भएर नगरबस सञ्चालमा आइसकेको सिगानाको १२ किलोमिटर सडक पार गर्नै पुग्नै अहिले एक घण्टा भन्दा बढी समय लाग्छ । हिउँदमा २५ मिनेटमा पार हुँने सडक वर्खामा विग्रएको छ भने काठेखोला गाउँपालिकाको रेश जाने सडक अबरुद्ध हुँदा र खोला बढ्दा सिगानाकै बाटो रेशमा सवारी गुड्ने गरेका छन् ।

सिगानाको आलामुनीमा रेश हिडेका सवारी घण्टौ जाम हुँनेभएपछि स्थानीय युवा र सवारी धनी मिलेर सडक समेत मर्मत गरेको स्थानीय कृष्ण खड्काले बताउनुभयो ।

बागलुङ बजार देखि अछेते, भिमापोखरा हुँदै धम्जा जाने सडकको उस्तै हालत छ । सामान्यतया साढे दुईघण्टामा धम्जाको शिर ओख्ले पुग्न सक्ने सडक भिमापोखरा क्षेत्रमा बढी विग्रिएको छ ।

अफठारो घुम्टुी तथा सवारी फस्ने स्थानमा ग्राभेल, ढलान र कतै नाली निर्माण गरिएको भएपनि अन्य स्थानमा सडक निकै जोखिमपूर्ण रहेको र भाडा बापत कमाएको रकम सवारी सार्थक मर्मत गर्नै खर्च हुँने सवारी चालक सागर श्रीसले बताउनुभयो ।

“सवारी कहा फस्छ, कतिवेला विग्रन्छ भन्ने टुङ्गो छैन, यात्रुहरुको सेवाका लागि वर्खामा निकै जोखिम मोलेर सवारी चलाइन्छ, धम्जाको धेरै स्थामा पानीका निकास नगर्दा सवारी साधन फस्ने र चिप्लने गरेका छन्” श्रीसले भन्नुभयो “पञ्चकोट भिमापोखराको सडक निर्माण भइरहेकाले अहिले बन्द छ त्यो सडक अहिल छोटो थियो, कहिले काही दुई तिन घण्टानै सडकमा सवारी फस्ने गरेको छ, वर्खाको तीन चार महिना सवारी चलाउनै मुस्किल छ, हिउँदमा अल्लि सहज हुन्छ ।”

जिल्लामा वर्खाको समय अधिकांश ग्रामीण सडक पहिरोका कारकण बन्द ुहँदै आएका छन् । स्थानीयतहले समय समडमा बन्द सडक खुलाउदै आएको भएपनि निकै जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य हुँने गरेको छ । जैमिनी नगरपालिका, बरेङ तर्फका सडकमा समेत वेला बेलामा सवारी फस्ने र दुर्घटना हुँदै आएका छन् भने ताराखोला, तमान पुग्ने सडकहरु समेत दुर्घटना निम्ताउने खालका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *