काेराेना संक्रमणबाट बागलुङमा थप एक जनाकाे मृत्यु, थपिए ९० जना संक्रमित

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ
काेराेना संक्रमणबाट बागलुङमा थप एक जनाकाे मृत्यु भएकाे छ । बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरकी ७० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हाे ।

आईतबार संक्रमण पुष्टि भएर पोखरा पु¥याईएकी उनको पोखराका अस्पतालहरुले भर्ना लिन नमानेपछि बागलुङ फार्काउँदै गर्दा बाटोमा मृत्यु भएको हो । सोमबार दिउँसो उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयाे । कोभिड र निमोनियाले ग्रस्त ती महिलालाई शंकास्पद लक्षणहरु देखिएपछि जाँच गरिएको थियो ।

अमलाचौरमा कोरोना फैलिएका कारण गाउँभरी मिल्दा जुल्दा लक्षण भएका बिरामी छन् । जाँच भएकामध्ये अधिकांशमा संक्रमण देखिने गरेको घिमिरेले बताउनुभयाे । त्यस्तै साेमबार बागलुङमा ९० जनामा काेराेना संक्रमणा पुषि्ट भएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *