स्कुटर दुर्घटना हुँदा युवक घाइते

आदर्श अनलाइन, पोखरा
पोखरामा सोमबार स्कुटर दुर्घटना हुँदा स्कुटर चालक एक युवक घाइते भएका छन् ।

कास्कीको पोखरा महानगरपालिका ७ बुलौदी स्थित ग १८ प ५६८७ नंको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक पोखरा १० औद्योगिक क्षेत्र बस्ने ३२ वर्षीय सन्देश गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका गुरुङलाई उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरामा पठाइएको र उनकाे अवस्था मध्यम रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *