उम्मेदवारी फिर्ता लिने अन्तिम दिन, नेकपालाई शेरमानको सकस

आदर्श अनलाइन, बागलुङ

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएकाहरूले फिर्ता लिने आज अन्तिम समय तोकेको छ ।

बागलुङमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशित गर्ने भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ हुने उपनिर्वाचनका लागि आयोगले कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । जसमा जिल्लामा ८ राजनीतिक दल र दुई स्वतन्त्र गरि १० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभा सदस्य निर्वाचनमा बागलुङमा नेकपा र राजमो बीच बाम गठबन्धन गरिए पनि नेकपाका शेरमान घर्तिले बागी उम्मेदवारी दिए पछि गठबन्धन संकटमा छ । अहिले पनि नेकपाका नेताहरु घर्तिलाई उम्मेदवारी फिर्ता गराउने अन्तिम कसरतमा छन् । अहिले पनि छलफल जारी रहेको नेकपाका एक नेताले बताए ।

आज विहान ११ बजेदेखि १ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय दिएको छ । यो सकिएलगत्तै अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको निर्वाचन आयोगले जनाएको छ ।

विभिन्न कारणले रिक्त प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी मनोनयन कात्तिक २१ गते नै भइसके पनि स्थानीय तहको मनोनयन कात्तिक २७ का लागि तय गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *