धौलागिरी अस्पतालमा साउन महिनामा ९१ शल्यक्रिर्या, स्वास्थ्यकर्मीद्वारा ‘सेलिब्रेसन’

आदर्श अनलाइन, बागलुङ
बागलुङको धौलागिरि अस्पतालको परिचय कुनै दिन रिफर सेन्टरको रुपमा मात्रै थियो । तर पछिल्लो तीन वर्ष यता भने अस्पतालको गुणस्तरीय स्वास्थ्य सोवामा धेरै सुधार मात्रै भएको छैन जनताको मन जित्न समेत सफल भइसकेको छ ।

धौलागिरि अस्पतालमा पछिल्लो समय विरामीको चाप समेत ह्वातै बढेको छ । जटिल प्रकारका स्वास्थ्य समस्या समेत धौलागिरि अस्पतालबाटै सम्पन्न हुँन थालेपछि अस्पतालप्रति जनताको भरोसा बढ्दै गएको छ । अस्पतालप्रति नागरिकको भरोसा र स्वास्थ्यकर्मीको मेहनत स्वास्थ्यकर्मीहरुले केक काटेर खुसीयाली मनाएपछि मंगलबार सार्वजनीक भएको छ ।

धौलागिरि अस्पतालको इतिहासमानै सबैभन्दा बढी शल्यक्रिर्या साउन महिनामा भएको भन्दै स्वास्थ्यकर्मीहरुले केक काटेर खुसी साटासाट गरेका हुन् । साउन महिनामा मात्रै ९१ वटा अप्रेशन सम्पन्न भएको खुसीयालीमा मंगलबार स्वास्थ्यकर्मीहरुले अप्रेशन विभागमानै केक काटेर सेलिब्रेसन मनाएको स्वास्थ्यकर्मी देबी भट्टराइले जानकारी दिनुभयो ।

“अस्पतालको इतिहासमानै एक महिनामा साना तथा ठूला गरी ९१ वटा शल्यक्रिर्या हुनु हाम्रो लागि खुसीको कुरा भएको भन्दै स्वास्थ्यकर्मी बीच खुसीयाली साटासाट गरेका छौं” भट्टराइले भन्नुभयो “९१ वटा शल्यक्रिर्या मध्ये सबैभन्दा बढी हाड सम्बन्धीका छन् त्यसपछि गर्भवती महिलाको शल्यक्रिर्या मार्फत बच्चा जन्माइएको हो, अस्पतालले कोरोना महामारीसंग जुध्दै यती धेरै शल्यक्रिर्या गरी स्वास्थ्यकर्मी र अस्पतालका तर्फबाट आम नागरिकलाई खुसीको सन्देश दिएको छ ।”

स्वास्थ्यकर्मी भट्टराइका अनुसार साउन महिनामा ४५ वटा हाडजोर्नी, ४० गर्भवर्ती, चारवटा नाक कान र घाँटी सम्बन्धी, एउटा शिशुको शल्यक्रिया र एउटा दन्त शल्यक्रिया गरी एक महिनामै ९१ वटा शल्यक्रिर्या सफलतापूर्वध सम्पन्न भएका छन् ।

दुई वर्ष अघिमात्रै मासिक ३० देखि ४० वटा मात्रै अप्रेशन हुँदै आएको अस्पतालमा अहिले चिकित्सक, नर्स, उपकरण र व्यवस्थापनका कारण शल्यक्रिर्या गर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको धौलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो ।

“उच्च व्यवस्थापन संगै विशेषज्ञ चिकित्सक, एनेस्थेसिया, नर्स, कार्यालय सहयोगीको समूह राम्रो भएपछि धेरै शल्यक्रिर्या भएका छन्” अहिले हाडजोर्नी रोग विशेषज्ञ दुईजना हुनुहुन्छ, त्यस्तै स्त्री तथा प्रसुती रोग विशेषज्ञ, एनेस्थेसिया र प्रयाप्त नर्सको व्यवस्था अस्पतालले गरेको छ” शर्माले भन्नुभयो “पाँच जना स्टाफ नर्स व्यवस्थापन समितिले शल्यक्रिर्या विभागका लागि छुट्टाएको छ, कार्यालय सहयोगी थप गर्दै अवासीय सुविधा दिएको छ, जस्कारण रातीको समयमा समेत शल्यक्रिर्या भएको हो ।”


आम नागरिकले सर्वसुलभ दरमा सरकारी अस्पतालमा शल्यक्रिर्या सेवा पाउदा एक अप्रेशन बराबर सरदर एक लाख रकम बचत हुँने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *