राष्ट्रपति भण्डारीद्वारा दल विभाजन सम्बन्धी अध्यादेश जारी

आदर्श अनलाइन, बागलुङ

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेस भएको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् ।

सरकारले सो अध्यादेश राष्ट्रपतिकहाँ मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी जारी गर्न सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयका स्रोतकाअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् । यसले नेकपा एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई नयाँ पार्टी खोल्न सहज हुने भएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *