तीज गीतमा आमाको पिर, जापानमा बन्यो भिडियो

आदर्श अनलाइन, बागलुङ

पिर मान्लिन् आमाले, खिर मिठो आलु तामाले…बोलको तीज गीत सार्वजनिक भएको छ ।

परदेशिएकी चेलीले गाउँ र माइती सम्झेको विषयबस्तु समेटिएको गीतमा पत्रकार तथा सर्जक सज्जन कुमार सिँहको शव्द संगीत रहेको छ भने एलिना चौहान र इश्वर बाबुको स्वर रहेको छ ।

जापानमा कार्यरत बासु क्षेत्रीको प्रस्तुतीमा तेजेन्द्र भण्डारीले जापानमै निर्माण तथा निर्देशन गरेको भिडियो राइजिङ नेपाल युटुव च्यानलबाट सार्वज्निक गरिएको सर्जक सज्जनकुमार सिहंले बताए । मौलिक तीज गीत आम श्रोता दर्शक सामु प्रस्तुत गर्ने प्रयास स्वरुप गीत सार्वजनिक गरिएको र श्रोता दर्शकको माया पाउने सिंहले विश्वास व्यक्त गरे ।

गीतको म्युजिक भिडियोमा बासू क्षेत्री र गँगा सुवेदी क्षेत्रीको अभिनय देख्न सकिन्छ । भिडियोको सम्पादन इश्वर बाबुले गरेका हुन् । हेर्नुहोस् पुरा भिडियो:

यो पनि पढ्नुहोस्

तीज गीतमा आमाको पिर, जापानमा बन्यो भिडियो

  1. An impressive share! I have just forwarded this onto a co-worker who was conducting a little homework on this. And he in fact ordered me dinner due to the fact that I found it for him… lol. So let me reword this…. Thank YOU for the meal!! But yeah, thanx for spending some time to talk about this topic here on your blog.

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *