आज बागलुङमा १२१ संक्रमित थपिए, ४८ डिस्चार्ज


–आदर्श अनलाइन, बागलुङ

बागलुङमा पछिल्लो २४ घण्टामा १२१ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै आज ४८ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

थपिएका १२१ जना सहित जिल्लामा कोरोनाका संक्रिय संक्रमित ६१३ जना पुगेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

१०६ जनाको पिसिआर र १५ जनाको एन्टिजेन्ट विधिबाट कोरोना संक्रमण पुष्टी भएको थियो । पिसिआरबाट कोरोना पुष्टी हुनेमा बागलुङ नगरपालिकाका ३३ जना, जैमिनी नगरपालिकामा ४४ जना, काठेखोला गाउँपालिकामा २५ र अन्य पालिकाका ४ जना रहेका छन् । यस्तै एन्टिजेन्ट परिक्षणमा बागलुङ नगरपालिकामा एक जना, बरेङमा २ जना, गलकोटमा ८ जना, ढोरपाटनमा ३ जना र ताराखोलामा १ जनाको कोरोना पुष्टी भएको थियो । परिक्षणको २८.६ प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *