जलजला गाउँपालिका अध्यक्षलाई जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी, मल्ल खोज्दै प्रहरी

आदर्श अनलाइन, पोखरा

जिल्ला अदालत कास्कीले पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ललाई ठगी मुद्दामा पक्राउ गरी जेल चलान गर्न पक्राउ पुर्जी जारी गरेको छ ।

लेनदेन मुद्दामा जिल्ला अदालतले गत चैत २७ गते नै मल्लाई ६ महिना कैद सजाय सुनाएको थियो । गाउँपालिका अध्यक्ष मल्ललाई चार महिना बितिसक्दा पनि पक्राउ नगरेपछि अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई फैसला पत्र लेखी पक्राउ गरि अदालतमा पेश गर्न आदेश दिएको हो ।

ध्रुववहादुर थापा र गाउँपालिका अध्यक्ष मल्लबीचको लेनदेन विवाद अदालत पुगेको थियो । अदालतको ताकेतापछि जिल्ला प्रहरी कार्यालय पर्वतले गाउँपालिका अध्यक्ष मल्ललाई पक्राउ गर्न खोजी थालेको छ । अदालतको पत्रमा उनलाई जिल्ला काराकार कास्की चलान गर्न समेत भनिएको छ ।

मल्ल नेपाली कांग्रेस पर्वतका प्रभावशाली नेता हुन् । निर्माण तथा क्रसर व्यवसायीसमेत रहेका उनी आगामी महाधिवेशनमा जिल्ला सभापतिका दावेदार हुन् ।

यसबारे बुझ्न सम्पर्क गर्दा अध्यक्ष मल्लले आफूले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि नठगेको जनाउँदै विसं २०६८ मा राजेश बोहराले फोर्स गाडी निकाल्दा जमानी बसिदिएको र बोहराले पैसा तिर्न नसकेपछि आफैँले तिरिदिएको बताउनुभयो । विसं २०६८ कात्तिक १४ गते आफू जमानी बसिदिएको र तिर्नुपर्ने रकम रु १० लाख १७ हजार ९५ रहेको पनि मल्लको भनाइ छ । नेपाली कांग्रेसको कोषाध्यक्षसमेत रहनुभएका मल्लले आगामी १४औँ अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवारको तयारी गर्नुभएको छ । जिल्ला सभापतिमा लड्ने कुरा गरिरहेको र बलियो दाबेदारसमेत रहेकाले आफूलाई यसबाट विफल पार्न यो अदालती प्रक्रिया अपनाइएको उहाँको गुनासो छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *