आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर २ निवासी शेयर सदस्य धर्मराज शर्माको १२ औँ दिनको पुण्य तिथि पारेर शनिबार श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।

शर्माको गत साउन २६ गते मृत्यु भएको थियो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको
निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।

संस्थाका सल्लाहकार रुद्रबहादुर महत, प्रबन्धक दिपकराज सापकोटा लगायतको टोलीले संस्थाको नियम अनुसार शेयर सदस्यको निधनमा प्रदान गरिने १५ हजार रुपैयाँ स्वर्गीय शर्माको आफन्तलाई हस्तान्तरण गर्नु भएको थियो ।

संस्थाले सञ्चालन गरेको सदस्य राहत खाताबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया रकम प्रदान गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *