कतार नेपाली एकता समाजले अमृतको उपचारमा आर्थिक सहयोग गर्यो

आदर्श अनलाईन, कतार ।
जनगायक जीवन शर्माको छोराको उपचारका लागि कतार नेपाली एकता समाजले १ लाख ५६ हजार १ सय ८६ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचार शर्माका मइला छोरा अमृत आचार्यको उपचारको लागि कतार नेपाली एकता समाजले आर्थिक सहयोग गरेको अध्यक्ष हेमन्त वाइवाले बताउँनुभयो । समाजले शर्माका जेठा छोरा अर्जुन आचार्यको नाममा सहयोग रकम पठाएको बताएको छ ।

अमृतको उपचारको लागि आर्थिक अभाव भएको समाचार प्राप्त भएपछि सर्वाहरा गाएक शर्माको दुखमा सहयोग होस भनेर आर्थिक संकलन अभियान शुरु गरेको अध्यक्ष वाइवाले बताउँनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *