के आयो जमाना : कोरोना कहर र सधैं सत्ताको रहर

सरोजराज पन्त
(गाईजात्रा विशेष)
यस भित्र

परमादेश सरकार पनि वलीमार्ग पछ्याउदै अध्यादेश ल्यायो । टुक्रिदै पार्टी बिरोधमा बाँदर बनेर निस्किए अरिंगाल । कोरोना तेस्रो लहरको चुनौती थपिदै संंक्रमण तर तयारी नगन्य, गरिबीमा आत्मनिर्भर देश सरकार बनाउन परनिर्भर, अहिलेसम्म पाएन सरकारले पूर्णता । पहुँवाला नेताहरुले नातागोतालाई घर र होटेलमा ल्याएर खोप लगाए लक्षित समूह लामो प्रतिक्षामा, शाक्यलाई फिसिङ हान्दै बिद्युत प्राधिकरणमा घिसिङ तर मासिक सेवा शुल्कको मारमा उपभोक्ता । कृषि प्रधान देशमै न्युनतम कृषि उपजको आयात बढी व्यापार घाटा बढ्दै, दलालीको बिगबिगी, सरकारको वार्षिक बजेट भन्दा डेढ गुणा बढी बेरुजु, चार वर्षमा देशको ऋण चौगुणा बढ्यो, रेमिट्यान्सबाट देश चलाउँदैछ सरकार । सरकारी गाडीमा डेटिङ र रोमान्स गर्नेहरु रङ्गे हात समातिए, लकडाउनले गर्दा बाहिर तर मार्न हिँड्न पल्केकाहरुलाई सास्ती, बढ्यो असुरक्षित गर्भपतन र नवजात शिशुको संख्या, देशमा विकासको लहर असारमा बजेट सक्न डोजर आतंक बढ्दो स्थानीय तहका निर्वाचित पदाधिकारीको अनिवार्य डोजर हुनुपर्ने कानुन ल्याउन माग ! धारामा लेदो मिसिएको र धमिलो पानी आएर उपभोत्तालाई सास्ती, विहान बेलुका घण्टौ खर्चेर शुद्ध पानी ल्याउन बाध्य तर सरोकारवाला निकाय भन्छ शारिरीक व्यायामलाई ध्यानमा राखेर यसो गरियो । आफैंले दिएको अंकको पनि प्रचारप्रसार गरी उत्कृष्ट अंक ल्याउन सफल भनेर विज्ञापन गर्दे विद्यार्थी तान्दै विद्यालयहरु । पर्यटन काजमा विभेद, घर र ससुराली किन जान नपाउने प्रश्न गर्दे कर्मचारी । लकडाउनले ज्योति मगरलाई मिस गर्दे दर्शकहरु तर दुर्गेशको ख्यास्स पूतलीले ततायो माहोल, बेमौसममा कुकुर सम्मेलन सुरु, पोथी प्रतिष्पर्धी कम हुँदा बेमौसममा सुरु गरी वर्षभर चलाउनु परेको दुखेसो र देशमा लिगलिगे दौड जारी राष्ट्रिय र अन्र्तराष्ट्रिय सक्रियता बढ्दै ।

पहिले गाई जात्रा वर्षमा एक दिन आउँथ्यो तर अहिले वर्ष भरि नै चलिरहेको छ । पटक–पटक विघटनको मारमा परेको संसदको बैठकको अन्त्य गरी दल सम्बन्धी विधेयक दल फुटाउनकै लागि आयो । पहिले अध्यादेशले चर्चा पाएको सरकार अहिले परमादेशले बनेको एक महिनामा पनि पूर्णता पाउन नसकेको सरकार । हेर्दाहेर्दे विगतमा झण्डै दुई तिहाईको सरकार भएको पार्टी भित्री झगडाले टुक्रिएर सकिने भयो । उखान टुक्का सुनेर कोरोना र बेसार पानीको घनिष्ट सम्बध छ । बेसार पानी खाने हाछ्यु साछ्यु गर्ने कोरोना भगाउने भन्ने दिन गए पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप भन्दैँ सदनमा गएर आफैं नाक कोट्याउने दिन आए । हिजो आफू सत्तामा हुँदा त्यही ठिक सत्ता बाहिर हँुदा त्यही बेठिक हुने अनि आफू सत्तामा गएपछि फेरि त्यही ठिक हुने के जमाना आए ! गठबन्धन पनि अचम्मको आफुसँग हुँदा ठिक अरुसँग हुँदा बेठिक रे ! यथास्थितिमा रहे विघटन र विसर्जनको खतरामा पर्ने डर हुने रे । हजारौँ शहीदहरुको सपना साकार पार्न अन्तिम समयसम्म लडेर नयाँ चिज बनाइ छाड्ने रे ! के रहेछ त्यो नयाँ चिज जुन ठोस रुपमा प्रदेश र स्थानीय तह सबैलाई त्यही विश्वास पैदा गर्ने ढंगले सेटिङ गर्ने ?

हिजो अध्यादेशको विरोध गर्नेहरुले अहिले हतारमा संसदको अधिबेशन अन्त्य गरेर अध्यादेश ल्याए । हिजो संसद बिघटन गरेर अध्यादेशबाटै सरकार चलाउन पल्केकाहरु आज अध्यादेशको बिरोध गर्ने भए । आफ्ना निहित स्वार्थ पूरा गर्न अराजकता र अस्थिरता मच्चाउने काम गाई जात्रा होइन र ? सडकमा सभा, नारा जुलुस गर्न नेताले लैजादा कोरोना नसर्ने, लाम लागेर निर्बाचन आयोगमा धाउँदा, कर तिर्ने जाँदा कोरोना नसर्ने, राती आठ बजेपछि नसर्ने कोराना महामारीसँगै बल्लतल्ल आएको खोप पहिला डरले लगाउन नमान्नेहरु अहिले पहँुचवाला व्यतिm, नेताहरुले घरमै मगाएर, भनसुन जस्ता अनेक हर्कत गरेर खोप लगाउन भ्याए लक्षितवर्ग पालो कुर्नेहरुको पालो कहिले आउँला कुन्नि ? पहुँवाला,नेताहरुले नातागोतालाई घर र होटेलमा ल्याएर खोप लगाए लक्षित समूह लामो प्रतिक्षामा तर पनि तेस्रो लहरको चेतावनी जनतालाई दिइएको छ । शाक्यलाई फिसिङ हान्दै बिधुत प्राधिकरणमा घिसिङ, मासिक सेवाशुल्कको मारमा उपभोक्ता परेकोले सेवाशुल्क अभिलम्व हटाउन जोडदार माग गरेका छन् । लोकप्रिय सरकारले २ हजार तलब बढाएको निहुँमा अहिले अनेकौ समस्याहरु सृजना भएका छन् । जसमा कालो बजारी, भष्टा«चार, खाद्य सामग्री र दुग्ध पदार्थको मुल्य बृद्धि, शक्तिको दुरुपयोग आदिले गर्दा लाखौ नागरिकमा तनाव थपिदियो । जसले गर्दा मानिसहरु जीवनबाट आजित भएर आत्महत्या बढ्दो क्रममा छ । साहसी टिकटकको नाममा सयौ मानिसले जीवन गुमाएका बेला हुँदाहुँदा अहिले लाइभ आत्महत्या समेत हुन थालेका छन् ।

मेलाम्ची खानेपानी योजना जस्तै खै नेपालको कानुन उनैले जानुन् । कानुनका नौ वटा सिङ हुन्छ भने जस्तै जता मोडेर काम गरे पनि हुने, व्याख्या गरे पनि हुने अचम्म छ । धारामा लेदो मिसिएको र धमिलो पानी आएर उपभोतmालाई सास्ती, बिहान बेलुका घण्टौ खर्चेर शुद्ध पानी ल्याउन बाध्य तर सरोकारवाला निकाय भन्छ शारिरीक व्यायामलाई ध्यानमा राखेर यसो गरियो । पिउने पानी नभनेर किन खानेपानी भन्यो होला भन्ने लाग्ला तर लेदो, फोहोर मैला मिसिएको पानी बितरण गर्ने भएर पो खानेपानी भन्ने गरेको रहेछ । सुरक्षा निकायले सुरक्षा दिएकै छ भन्छ तर रक्षक नै भक्षक भएका घटना थपिएकै छन । गरिवीको संख्या घट्यो भन्ने सरकार भोकमरीले गर्दा जंगली च्याउ खाएर ज्यान गुमाउन परेकै छ । आज फूल फूलेका तरकारी, फलफूल ३ दिन पछि बजारमा आउँदा पनि तरकारी, फलफूलको बजारमा अभाव छ । फागुन महिनामै आँप बजारमा आउँदा पनि फलफूल अभाव भएकै छ । बार्षिक बजेटभन्दा बढी व्यापारघाटा हुने गरी खाद्यान्न आयात भएपनि अभाव रहेकै छ । कृषि प्रधान देशमै न्युनतम कृषि उपजको आयात बढी भएर व्यापार घाटा बढदै गएको छ । समयमा मल बिउ, नगदे बालीको रकम भुतmानी नपाएका किसानहरु दलालीको बिगबिगीका कारण् पनि समस्यामा छन । सरकारको बार्षिक बजेट भन्दा डेडगुणा बढी बेरुजु छ । चार वर्षमा देशको ऋण चौगुणा बढेको छ र रेमिट्यान्सबाट देश चलाउदैछ सरकार । बस्तु निर्यात गर्न नसके पनि दिनहँु १५०० युवालाई बिदेश पठाउँदा रेमिट्रान्समात्र होहन दिनहँु १५ जना बाकसमा फर्के पनि देश चलेकै छ र सरकार मौन भएर भष्ट्राचारमा नाम राख्न पाएकै छ ।

विकास निर्माणको गति पनि त्यस्तै अद्भूत वैसाख मसान्तसम्म चौध प्रतिशत खर्च नहुने वजेट असार मसान्तसम्म करिव सबै झ्याम भएको छ । कागजमा योजना सडकमा अलकत्र, झारा विकास, असारमा ट्याक खोल्यो वर्षाले वगायो फेरी योजना मिलायो खायो बर्साउते लैनो गाई कस्तो दीगो विकास अभियान समृद्घ नेपाल सुखी नेपाली वा ! अनुगमन, मूल्याङ्कन टोली बनायो टिएडिए र भतmामा रमायो खसी, कुखुरा, सोमरसको सत्यानास कमिसन मिलायो दीगो विकास भै रहेकै छ । अफिसमा अनुगमन काज घरतिर टाप सेवाग्राहीलाई भोलिवाद । १० दिने पर्यटन काज निजामती कर्मचारीलाईमात्र दिइयो सरकारले अनुसन्धान गर्ने प्राध्यापक, शिक्षक, सेना, प्रहरीलाई बिभेद ग¥यो भनिरहँदा कर्मचारीहरु भने पर्यटनकाजमा घर र ससुराली किन जान नपाइने ! आफनो गाउँघर र ससुरालीको पर्यटकीय विकास गर्न किन नपाइने भन्दै गुनासो गर्न थालेका छन ! फरियाबादमा सरकार रम्न हुने, नाताबाद कृपाबादमा जम्न हुने कर्मचारीहरु पर्यटनकाजमा घर र ससुराली जान नपाउने किन आज जनता जान्न चाहन्छन ?

गाउँपालिका, नगरपालिका, प्रदेश, केन्द्रीय सरकार गरी ७६१ जता फर्के पनि सरकार तर समन्वयको सधैं अभाव रहेको छ रक्षक नै भक्षक बनेका छन् । स्थानीय सरकार जनता प्रति देखिएनन् जिम्मेवार, बेरुजु बढायो, कुलो जस्तो बाटो खन्यो, पानीमा बगायो । बजेट जति सडक, मर्मत सम्भार र चियापानमा लगायो अनि आफु विवाह, वर्तवन्ध, इञ्गेजमेन्ट, भ्यालेन्टाइन डेको उद्घाटनमा व्यस्त ! के आयो जमाना कुन्नि नव विवाहित जोडीलाई सम्मान गर्ने रे ! डेटिङ स्पोट बनाउने रे, गाउँमा वाइफाई फ्रि गर्ने रे ! फन पार्क बनाउने रे ! सामाजिक दुरी कायम गर्ने रे शारिरीक दुरी कमगर्ने रे अचम्म छ वा कोरोना कहरमा जनता गाँस, बास, कपासको समस्यामा पिडित भएका छन् वालै फरर !

बादरको आक्रमर्णले सताए खेतीपाती जोगाउन जटिल भएको बेला कुकुरहरुको राष्ट्रिय सम्मेलन बर्षभरि चल्ने गरेको छ । पहिले कार्तिक महिनामा प्रारम्भ भएर पौष महिनामा सम्पन्न हुने गरेकोमा अहिले यो सम्मेलन वर्षभरी जमी रहन्छ । बेमौसममा कुकुर सम्मेलन सुरुहुनमा पोथी प्रतिष्प्रर्धी कम हुँदा बेमौसममा सुरुगरी बर्षभरि चलाउनु परेको दुखेसो छ । तर यसै बीच पाटीका महाधिवेशनहरु भने पटकपटक सरिरहेका छन ! दसै, तिहारमा खेल्ने तास, कौडा,पासा आजकल आएको ठानी वर्ष बाहै महिना भरी नै खेलिन्छन । शिवजीको प्रसाद हरेक वर्ष शिवरात्रीको दिन चाख्ने प्रचलन भएतापनि वर्तमान शिवजी र पार्वतीहरु वर्षभरि झ्याम परिरहन्छन् । आश्चर्य उहिले शिवले शिववुटी खाएपनि पार्वतीले वुटी खाएको इतिहास नभए तापनि आधुनिक पार्वतीहरुले शिववुटी खाएर ग्याङ्ग फाइट खेल्न विवश छन ! नेपाली नयाँ वर्ष मनाउन चासो नदेखाउने तर विदेशी नयाँ वर्षमा रमाउने, होल्ली वाइनसमाउने अनि वेमौमसमा रमाउने ! सबै वेमौसमी भएर नै होला विवाह नगरी बच्चा जन्माउने रहर पनि लागेछ एक नेतृलाई, कतै फेरि गर्भवतीले नाइटोबाट जुस खुवाउने र पेट दाज्ने प्रतिष्प्रर्धा पनि चलिरहेको छ । सरकारी गाडीमा डेटिङ र रोमान्स गर्नेहरु रङेहात समातिएका छन । लकडाउनलेगर्दा बाहिर तरमार्न हिडन पल्केकाहरुलाई सास्ती, घरमै बस्दा बढयो असुरक्षित गर्भपतन र नवजात शिशुको संख्या पनि बढदै गयो थप अनुसन्धान गर्नु पर्ने माग । बृद्धहरुको रहर पनि अनौठो मनबुढो नहुने रे ८२ वर्षे बाजेले ९ वर्षे वालिकालाई छि ! कस्तो वेमौसमी रहर के जमाना आएको हो !

अहिले हुँदाहुँदा स्कुल नचलाउनु, बिद्यार्थी स्कुल नजानु कारबाही हुन्छ भन्ने दिन पनि आयो । बिद्यार्थीहरुले परीक्षा नदिइ नतिजा आउने कोरोना कहरमा स्वमुल्याङ्कन गर भन्दा ७५ पूर्णाङ्कमा ८४ अंकमा दिन भ्याएछन कति माया लागेको हो बिधार्थीको ! हुँदाहुँदा ६ बर्ष देखि बिदेशमा रहेका मानिसले यहाँ एसइई पास गरे । अब आफैले दिएको अकको पनि प्रचारप्रसार गर्न र उत्कृष्ट अंक ल्याउन सफल भनेर विज्ञापन गर्ने दिन पनि आए । विश्वविद्यालयको परीक्षा भएको ३ महिनामा नतिजा निकाल्ने भन्छ तर १ बर्षसम्म पनि नतिजा निकालिदैन फेरी फर्म भने खुलाउँछ ।

एकोहोरो मन प¥यो भनेर प्रेम प्रस्ताप राख्ने अनि अस्विकार गरेमा एसीड छयाप्दै हिडने कस्तो चलन आएछ अहिले । यस्तै के जमाना आयो कुन्नी, खानपानले होकी शायद विचार, चिन्तन, दृष्टीकोण पनि फेरियो, राजनीति पनि फेरियो, सरकारले पनि फेरियो तर सरकारले गर्ने निर्णय भने उही काम गर्ने प्रवृति उस्तैै खै के खै के ? सबै फेरिएर होला मनसुन सुरु हुन नपाउदै झरी र पानी पनि उस्तै भयो मेलाम्ची बासी लगायतलाई रुवायो । हिमालको हिँउ (हिँउदमै) पुष माघमा पग्लेर हिमाल कालो भएछ । हिमाली जिल्लामा लामखुट्टेहरु बसाइ सराइ सरेछन । सर्प पाल्ने ठुलो योजना सुनेर होला तराईमा पाइने बिषालु सर्प र काली नाग पहाडमा झरेछन । यही चाला हुने हो भने तराईमा कस्तो अवस्था होला ? खेती वाली वेमौसमी भए जस्तै मानिस पनि वेमौसमी, खानपान पनि फेरियो जङ्क फुड र टिकटकको जमाना आयो ।

लकडाउने ज्योति मगरलाई मिस गरेका दर्शकहरुले दुर्गेशको ख्यास्स पूतलीले ततायो माहोलले गर्दा आश्चर्य परेका छन । अहिले संस्कृति पनि अचम्मको भित्रिए छ भ्यालेन्टाइन डे १५ दिन, होली ७ दिन, अंग्रजी नयाँ वर्ष १५ दिन, तीज तीन महिना, शिवरात्री वर्ष भरि अनि मुर्ख दिवस वर्ष भरि । आधुनिक तीज गीतका कुरा नगर्दा राम्रो कुरा ग¥यो कुरैको दुःख ! यो पर्व समाबेशी बन्यो महिलाको मात्र रहेन । अब त्रैमासिक बनाएर सबैलाई समेट्न र सन्तुष्ट पार्न सके अझै प्रभावकारी हुने थियो कि ? होली वाइन काण्ड पनि अचम्मको छ शायद धर्मनिरेपेक्ष भनेको यही हो कि ?

असारे विकासमा रुमलिएको सरकारले विषम अवस्थामा उद्योग व्यवसाय, कलकारखाना सबै चौपट भए पनि केही राहत दिएन । श्रमजीवी, ज्यालादारीमा काम गर्ने मानिसलाई आर्थिक प्याकेज ल्याएन । राहतको नाममा घरभाडा नलिनु रे, बिद्युत, नेट नकाटनु रे, बाहिर ननिस्कनु उद्योग ब्यापार नचलाउनु तर जसरी पनि कर तिर्नु रे वा सरकारको कति दुरदर्शी निर्णय । अहिले स्थानीय सरकारलाई गाडी किन्ने चटारो बढेको छ । यस्ता क्रियाकलापले गर्दा देश जुन व्यवस्था ,सरकार आए पनि सक्रमण, समस्या, संकट वाहेक केही छैन । अहिले जनता रोगले भन्दा भोक, शोकले मर्दे छन । जनतालाई तत्काल राहत हुने र छिट्टै मलाम पट्टी लगाउने काम गर्न सबै तहका सरकार लाग्न धेरै ढिला भएको छ पर्ने अवस्था छ । जन चाहना , जन आवाज र जन अपेक्षा बुझेर समयमा काम गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *