पोखराको मुख्य बजार क्षेत्रमा वर्षाका कारण ३० मिटर जमिन भासियो

आदर्श अनलाइन, पोखरा
लगातारको वर्षाका कारण पोखरा महानगरपालिका – ०९ स्थित महेन्द्रपुलमा जमिन भासिएको छ ।वर्षाका कारण पोखराको मुख्य बजार क्षेत्र  महेन्द्रपुलमा सेलवेज अगाडी सडक पारीको करिब ३० मिटर क्षेत्र भासिएको पोखरा – ०९ का वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिनुभयो ।

उक्त स्थानमा गरिमा विकास बैंक रहेको घर र उत्तम भाडा पसल रहेको घर अगाडिको भागमा गहिरो तवरबाट भासिएको र अन्य छेउका २ घरको अगाडी तर्फ चिरा परेको वडाध्यक्ष लामिछानेले पोखरा न्यूजलाई बताउनुभयो ।

वडाध्यक्ष लामिछानेका अनुसार उक्त स्थानमा आइतबार दिउसो सामान्य रूपमा प्वाल पर्न लागेजस्तो देखिएकोमा गए राति ९ बजेबाट घरहरू अगाडिको फुटट्रयाक र सडक छेउ भासिएको हो ।

अहिले अहिले हेर्दा जोखिम देखिएको उक्त स्थानमा पानी तर्काएर फाल्ने कार्य गरिएको र भासिएको स्थान पुर्नको लागि सडक छेउमा टिपर मार्फत ढुङ्गा बालुवासहितको माटो झार्ने काम भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

इन्जिनियरको टोली, जाइका लगायतको टोलीले अध्ययन गरेपछि सुरक्षित रूपमा भासिएको ठाउँलाई पुर्ने कार्य गरिने वडाध्यक्ष लामिछानेले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *