पर्वत समाज कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण

आदर्श अनलाइन, पर्वत
पर्वत समाज कतारले मृगौला रोगबाट मृत्युु हुनु भएकी अमृता कुमारी शर्मा र क्यान्सर रोगको उपचाररत शान्ति खत्रीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

मंगलबार एक कार्यक्रम गरी दुबै मृगौला खराब भएर मृत्यु हुनुभएकी कुश्मा नगरपालिका–३ दुर्लुङ्ग घोगेनी निवासी स्व.शर्माको घरमै पुगेर नगद बत्तीस हजार आठ सय बयासी रुपैयाँ हस्तान्तरण गरेको हो । शर्माको १३ औं दिन पुण्य तिथिमा उहाँका श्रीमान टीका पाध्यालाई वडा अध्यक्ष तेज प्रसाद पाध्यको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो ।



सहयोग ग्रहण गर्दै स्व. शर्माका श्रीमान टीका पाध्यले लामो समय सम्म मिर्गौला रोगको उपचार गर्दा लाखौं रकम खर्चेको भन्दै संस्थाले दुःख पर्दा गरेको सहयोग प्रती धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष तेज प्रसाद पाध्यले विदेशको ठाउँमा गएर पनि आफ्नो गाउँ÷ठाँउमा समस्या पर्दा सहयोग गर्ने संस्थाको काम अनुकरणीय रहेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

यसैबीच सोही कार्यक्रममा क्यान्सर रोगको उपचार गराईरहनु भएका शान्ति खत्रीका श्रीमान एवं पर्वत समाज कतारका पुर्व अनुशासन बिभाग प्रमुख आई बहादुर खत्रीलाई पनि सहयोग रकम हस्तान्तरण गरिएको छ । लामो समय वैदेशिक रोजगारीको क्रममा संस्था संग आवद्ध रहि हाल नेपाल फर्कनु भएका खत्रीको परिवारलाई उपचारमा सहयोग होस भनेर नगद बत्तीस हजार आठ सय बयासी रुपैया हस्तान्तरण गरिएको हो ।

पर्वत समाज कतारका कोषाध्यक्ष महेन्द्र कुमार चालिसेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्वत समाज कतारका संस्थापक प्रताप गिरी, पुर्व उपाध्यक्ष धन सुनार खाती, पुर्व आर्थिक संयोजक लेखनाथ रिमाल, कार्यसमिति सदस्य चित्र बहादुर क्षत्री र रमेश पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम संस्थाका आर्थिक विभाग संयोजक भिमकान्त शर्माको सन्चालनमा सम्पन्न भएको थियो । पर्वत समाज कतार ‘निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत’ भन्ने मुल नारा सहित सन् २००३ मा स्थापना भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *