ढोरपाटनमा एक पुरुषको हत्या, हत्या आरोपमा तीन जना पक्राउ

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको पश्चिम ढोरपाटनमा एक जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर ९ भूजीमा ५१ वर्षीय छविलाल विश्वकर्माको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । गत भाद्र २ गते रातिदेखि सम्पर्क विहीन रहेका विकको मंगलबार मात्र शव फेला परेको थियो ।

विश्वकर्माको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जना महिला र दुई पुरुषलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले बताए ।

प्रहरीको नियन्त्रणमा रहेकाहरुले प्रारम्भिक बयानमा पारिवारिक रिसिबीका कारण विकको हत्या गरेको बताएका छन् । हत्या आरोपमा पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको छ ।

मृतक विकको पोस्टमार्टम समेत भइसकेको छ । घटनाको थप अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने वन्तको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *