अब दुई दिन अगावै बागलुङको मौसम पूर्वानुमान

आदर्श अनलाइन, बागलुङ

बागलुङमा पछिल्लो समय बाढी पहिरो र भूक्षयका घटना बढ्न थालेपछि मौसम विभागले बागलुङको मौसम पूर्वानुमान जानकारी गराउन थालेको छ ।

बागलुङ नगरपालिकाका इन्जिनियर गौरव शर्माको समन्वयमा मौसम पूर्वानुमानले दूई÷दुई दिनको बिचमा बागलुङको मौसम सम्बन्धी जानकारी पठाउदै आएको छ ।

उक्त मौसम सम्बन्धी जानकारी शर्माले विभिन्न फेसबुक पेज मार्फत नागरिकलाई जानकारी गराउदै आउनुभएको छ । शर्माले उच्च जोखिममा मौसम पूर्वानुमान हुँदा वडा तहको विपद् समितिलाई समेत जानकारी गराउँदै आएको बताउनुहुन्छ ।

पूर्व जानकारीले ठूलो मानवीय तथा भौतिक क्षतिमा कमी ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । पछिल्लो एक महिनादेखि बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका र निसीखोला गाउँपालिकाको मौसम सम्बन्धी जानकारी विभागले दिदै आएको र बागलुङका नागरिकलाई सूचना जारी गर्न फेसबुक मार्फत आफूले जानकारी दिदै आएको इन्जिनियर शर्माको भनाई छ ।

आजको मौसमी प्रभावका आधारमा आगामी दुई दिन सम्मको मौसम सम्बन्धी जानकारी उपलव्ध गराइने र मौसम विभागले समेत जोखिम तालिकाका अनुसार नागरिकलाई सचेत गराउदै आएको छ ।

मौसम पूर्वानुमान महाशाखाले बागलुङ नगरपालिकाका इन्जिनियर शर्मालाई आवश्यक तालिम प्रदान गरे पश्चात मौसम सम्बन्धी जानकारी दिन थालेको हो ।
इन्जिनियर शर्माका अनुसार पछिल्लो समय बागलुङमा झरी पर्दा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुग्ने भएकाले त्यसलाई कम गर्न पूर्व जानकारी दिन थालिएको हो ।

“मौसम सम्बन्धी जानकारीले मानवीय तथा भौतिक क्षतिलाई कम गर्छ, तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिइन्छ, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर जस्ता ठूला सडकमा पहिरो खस्न सक्ने भएकाले पानी परेको अवस्थामा सकभर यात्रा नगर्न सुझाव दिइन्छ” शर्माले भन्नुभयो “आज जिल्लामा भएको मौसमका आधारमा दुई दिनको मौसमी पूर्वानुमान गर्न सकिने प्रविधिका कारण जिल्लामा केही समय यता सूचना दिन थालिएको छ, ठूला बाढी पहिरो आउन सक्ने विवरण भएमा वडा तहको विपद् समिति, प्रहरी लगायतलाई खबर गरी नागरिकलाई सचेत र सुरक्षित गर्न पहल र समन्वय गरिनेछ ।”

बागलुङ नगरपालिकाको विपद् व्यवस्थापन स्रोत व्यक्ति समेत रहनुभएका इन्जिनयर शर्माले चार पालिकाको मौसमी अनुमानले जिल्लाभर काम गर्ने बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले चार पालिकालाई नै दुई दिन अगावै मौसम सम्बन्धी जानकारी दिँदै आएको छ ।

प्रभावमा आधारित मौसमी विवरणमा दुई दिनको अवधीमा मौसममा आएको प्रभावका कारण हुने अति न्यून, न्यून, मध्यम र उच्च जोखिम देखाउने गरेको छ । जानकारीमा पानी पर्ने, नपर्ने, कम तथा बढी पर्ने, चट्याङको संभावना समेत देखाउने गरेको छ । मौसमी विवरणमा सम्भावित घटनाहरु समेत उल्लेख गरेकाले पूर्वानुमान प्रभावकारी बन्ने मौसम पूर्वानुमान महाखाको भनाई छ ।

ढुङ्गा खस्न सक्ने, सडक अबरुद्ध हुन सक्ने, खहरे खोला बढेर क्षति गर्न सक्ने, विद्युतीय पोल ढल्न सक्ने, विद्युत तथा इन्टरनेट अबरुद्ध हुन सक्ने, मध्यपहाडी र करिडोर अबरुद्ध हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *