भालुको पित्तसहित ढोरपाटनबाट एक जना पक्राउ

आदर्श अनलाइन, बागलुङ
ढोरपाटनमा भालुको पित्तसहित एक जना पक्राउ परेका छन् । ढोरपाटन नगरपालिका वडा नम्बर ४ को हुन्द्रफेदीमा बस्दै आएका ४२ वर्षीय चित्र बहादुर शेरवुर्जालाई भालुको पित्तसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको भण्डारीले बताउनुभयो । बुधबार प्रहरी हुन्द्रफेदी पुगेको र लुकाई राखेको भालुको पित्तसहित शेरवुर्जालाई पक्राउ गरिएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयाे ।

करिव २५० ग्राम भालुको पित्तसहित पक्राउ परेका शेरवुर्जालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *