बागलुङमा निषेधाज्ञा खुकुलोः तीज पर्वलाई घरमै सिमित बनाइने

आदर्श अनलाइन, बागलुङ

बागलुङमा लामो समयदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ ।

निषेधाज्ञा खुकुलो बनाइएपनि आउदै गरेका चाडपर्वहरु मनाउन भने कडाई गरिएको छ । जिल्ला प्रशासनले तीज कार्यक्रम नगर्न अनुरोध गर्दै तीजलाई घरमै सिमित राख्न आग्रह गरेको छ ।

गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरिएको भएपनि साउन २८ गते अघि निषेधाज्ञामामा केही खुकुलो गरिएको थियो । निषेधाज्ञा खुकुला भएपछि कोरोना संक्रमणको संक्रिय दर बढेर ७४० पुगेपछि साउन २८ गते देखि यता अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो ।

कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले बजार र सार्वजनिक यातायात खुल्ला गर्ने निर्णय गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

केही दिन यता कोरोना संक्रमणदरमा विस्तारै कमि आएकाले शुक्रबारदेखि बजार, पसल, उद्योग व्यावसाय, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनका लागि खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी तथा कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक शिव कुमार कार्कीले जानकारी दिनुभयो । “विस्तारै कोरोना घटेपछि पुनः निषेधाज्ञामा खुकुलो बनाइएको हो” प्रजिअ कार्कीले भन्नुभयो “स्वास्थ्य सचेतना अपनाउदै जनजिवन सहज बनाउदै लैजाने सरोकारवालाको नीति छ, व्यवसायीहरुको मारलाई समेत मध्यनजर गर्दै खुकुलो बनाएको हो ।”

बिहान ७ बजेदेखि बेलुका ६ बजे सम्म स्वास्थ्य मापदण्ड अपनाएर पसल तथा व्यवसायहरु सञ्चालन गर्ने, वित्तिय संस्था, बैंक, सहकारी संस्था, मनिट्रान्सफर खुला रहनेछन् । सहकारीले भने घरदैलो बचत संकलन गर्न, तीज कार्यक्रम गर्न नपाइने, मेला महोत्सव तथा धार्मिक स्थलहरु खुला राख्न नपाइने भएको छ । धार्मिक स्थलहरुमा नित्य कर्म मात्रै गर्न पाइने छ ।

यस्तै आवसीय होटल, रेष्टुराँ र खाजा घर सञ्चालन गर्न पाइने भएपनि पार्टी प्यालेस, जिम घर लगायतका तालिम तथा सेमिनार गर्न पाइने छैन ।

बिहीबार सम्म जिल्लामा ३ सय ४८ सक्रिय संक्रमित छन् । कोरोनाबाट ६५ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *