समाजवादको जग सहकारीको विकासका लागि पार्टीहरुले ध्यान दिनुपर्छ : एमाले नेता चौलागाई

आदर्श अनलाइन, काठमाडौं
नेकपा एमालेका केन्द्रीय सदस्य कमल चौलागाईले समाजवाद निर्माणको मुख्य आधारस्तम्भका रुपमा रहेको सहकारी क्षेत्रको नीतिगत सुधारका लागि राजनीतिक दलहरुले ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ ।

नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित वैठकमा बोल्दै चौलागाईले यस्तो बताउनु भएको हो । समाजवादको जग सहकारी हो, नेपालको संविधानले सहकारीको मर्मलाई आत्मसात गरेको छ, एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका प्रमुख समेत रहेका चौलागाईले भन्नुभयो–सहकारीमार्फत आधारभूत तहका जनताको आर्थिक सामाजिक रुपान्तरणका लागि नीतिगत तथा व्यवसायिक सुधारको विषय राजनीतिक दलहरुको चासोको विषय बन्नु पर्छ ।

No description available.

जनताका आर्थिक सामाजिक रुपान्तरणको एजेण्डालाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेकपा एमालेलाई पछिल्लो समय चौतर्फी घेराबन्दी गरिएको चर्चा गर्दै उहाँले एमालेले उठाएको एजेण्डालाई आम जनताका बीचमा प्रभावकारी रुपमा लैजानका लागि सहकारी विभागका सदस्यहरुको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो ।

देश नै सहकारीमय छ, सहकारीमार्फत हरेक क्षेत्रमा काम गर्न सकिने अवस्था छ, कहाँ के गरेर थप प्रभावकारी काम गर्न सकिन्छ, काम गर्नका लागि कहाँ कुन कानुन र अन्य व्यवधानहरु छन्, ति सबैका विषयमा सरोकारवालाहरुसंग समन्वय गरेर अगाडि बढ्न एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभाग तयार रहेको चौलागाईको भनाई थियो ।

No description available.

पार्टीका नेता कार्यकर्ता लगायत आम समुदायलाई सहकारीमा आवद्ध गराउदै उनीहरुको आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा प्रभावकारी काम गर्नका लागि सहकारी विभागका सबै सदस्यहरुको सक्रिय भूमिका आवश्यक रहेको भन्दै नेता चौलागाईले सहकारी क्षेत्रको सबलताले नै समाजवाद निर्माणको आधार तयार पार्ने दावी गर्नु भयो ।

एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको पहिलो वैठकले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय स्तरमा गोष्ठी तथा प्रशिक्षण सञ्चालन लगायत आगामी योजना निर्माणका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । विभागीय प्रमुख चौलागाईको संयोजकत्वमा गठित कार्यदलमा विभागका पूर्व सचिव के.बी.उप्रेती, सदस्यहरु रमेशप्रसाद पोखरेल, डि.बि. बस्नेत र परितोष पौड्याल रहनु भएको छ ।

बैठकका सहभागीहरुले २०७५ जेठ २ पूर्वको विभागका सदस्यहरु वर्तमान विभागमा नपरेको, महिलाको सहभागिता कम रहेको, सहकारीका केन्द्रीय र प्रदेश संघहरुको अभियानमा नेतृत्व गर्ने व्यक्तिहरु छुटेको लगायतका विषयमा विभागीय प्रमुखको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा सात वटै प्रदेशमा सहकारीको पछिल्लो अवस्था, सहकारीको विकासका लागि एमालेका तर्फबाट भएका प्रयासहरु र आगामी योजनाका बारेमा छलफल भएको थियो ।

एमालेले कमल चौलागाई प्रमुख रहेको २० सदस्यीय केन्द्रीय सहकारी तथा गरिवी निवारण विभाग गठन गरेको छ । २५ सदस्यीय विभागले पूर्णता पाएसंगै थप योजनाका साथ विभागका गतिविधिलाई तिब्रता दिइने विभागीय प्रमुख चौलागाईले जानकारी दिनुभयो ।

एमालेले सहकारी विभागलाई पार्टीको सहकारी तथा गरिवी निवारण सम्बन्धी नीति, प्रस्तावहरु तथा योजनाहरु तयार गरी पेश गर्ने, सहकारीहरुको तथ्यांक संकलन र तिनीहरुको जनमुखी एवं प्रभावकारी सञ्चालन सम्बन्धी योजना तयार गर्ने, सरकारको सहकारी नीति तथा गरिबी निवारण कार्यक्रमका बारेमा अध्ययन गर्ने, सहकारी तथा गरिवी निवारण सम्बन्धी गोष्ठी र छलफल कार्यक्रम सञ्चालन गर्ने लगायतका जिम्मेवारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *