गलकोटमा जिप दुर्घटना हुँदा ६ जना घाइते

सरिता खत्री, गलकोट

जिल्लाको गलकोट नगरपालिका वडा नं २ मौरियामा आइतवार दिउँसो जिप दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् ।

बागलुङ बजारबाट गलकोट तर्फ जाँदै गरेको ध १ ज ८८ नम्बरको जिप दिउँसो करिब २ बजे मौरियामा दुर्घटना हुदाँ गलकोट नगरपालिका वडा नं १ दुदिलाभाटिका १६ वर्षिया मनिसा सुनार, ५० वर्षिया कोपिला विक, उहाँका २५ वर्षिया छोरी सिता विक, बागलुङ नगरपालिका वडा नं १२ का २८ वर्षिया निता पौडेल पन्त, बागलुङ नगरपालिका वडा नं ५ का ३८ वर्षिया सुन्तली बोहोरा, पर्वत जिल्ला जलजला गाँउपालिका वडा नं ८ का ३४ वर्षिया देवी खत्री घाइते हुनुभएको प्रहरी चौकी हटियाका प्रमुख बाबुराम पुरीले जानकारी दिनुभयो ।

घाइतेहरुको अहिले आरोग्य अस्पताल गलकोट हटियामा उपचार भैरहेको छ । घाइते मध्ये कोपिला विकको टाउको, खुट्टा र सिता विकको निधार र नाकमा गम्भीर चोट लागेकाले मनिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको आरोग्य अस्पतालका सञ्चालक डा। टंकप्रसाद चालिसेले जानकारी दिनुभयो । अन्य घाइतेहरुको अवस्था सामान्य रहेको अस्पताले जनाएको छ । जिप अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *