दिवंगत आचार्यको सम्झनामा मानव सेवा आश्रम बागलुङमा भोजन

आदर्श अनलाइन, बागलुङ

केही वर्ष अघि दिवंगत हिरा आचर्यको तेस्रो पुन्यतिथिमा बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोटका आचार्य परिवारले मानव सेवा आश्रम बागलुङमा आश्रय लिएकाहरुलाई भोजन गराएका छन् ।

२७ वर्षको कलिलो उमेरमा मृत्यु भएकी आचार्यको पुण्यतिथिमा आश्रममा आश्रय लिएकाहरुलाई भोजन खुवाएको स्वर्गीय आचार्यकी दिदी सन्ध्या आचार्यले बताउनु भयो । आचार्यले बैनीको तेस्रो पुण्यतिथिमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित आश्रममा ६ हजार बराबरको भोजन खुवाएको बताउनुभयो । मानवसेवा आश्रमले असहाय, दिन दुखीलाई साहारा दिएको हुँदा यस पुण्यकाममा सबै लाग्नु पर्ने उहाँले बताउनु भयो ।

मानवसेवा आश्रम बागलुङ शाखा प्रमुख सुमिरा लामाले आश्रममालाई सहयोग गरेको प्रति धन्यवाद दिँदै आगामी दिनमा पनि आश्रमलाई सम्झन आग्रह गर्नुभयो । उहाँले अहिले आश्रममा ४८ जना बुबा आमा र बाल बच्चा भएको जानकारी दिनुभयो ।

भोजन ग्रहण कार्यक्रममा शुभेच्छा एफएमका प्रबन्धक सुजन सुवेदीले पनि बोल्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *