तास खेलिरहेका १४ जना तीन लाख ३५ हजारसहित पक्राउ

आदर्श अनलाइन, पोखरा
पाेखरामा तास खेलिरहेका १४ जनालाई प्रहरीले पक्राउ गरेकाे जनाएकाे छ ।  कास्कीकाे पोखरा महानगरपालिका ७ घारीपाटनस्थित राधाकृष्ण मार्ग बस्ने ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा खड्का लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खड्काको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ५० हजार ६ सय ३५ रुपैयाँ र २ सय १२ बुक तास सहित पक्राउ गरेको जनाएकाे छ ।

यसैगरी पोखरा महानगरपालिका १५ सिताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्जाकाे पुतलीबजार नगरपालिका ८ घर भएका ५१ वर्षीय लालप्रसाद गुरुङको कोठामा तास खलिरहेको अवस्थामा गुरुङ लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८४ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *