आदर्श अनलाइन, लमजुङ
खुकुरी प्रहारबाट घाइते भएका लमजुङका युवकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।
सोमबार राति १० बजेको समयमा लमजुङको राइनास नगरपालिका ९ साततले बस्ने २५ वर्षीय सुरज थापाले सोही ठाँउका २२ वर्षीय सुबेन आले मगरलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।
घाइते भएका सुबेनलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा बाटोमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
प्रहरी टोलीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।