आदर्श अनलाइन,पोखरा
गण्डकी प्रदेशमा थप २९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ९ सय ७० जनामा गरिएको नमुना परीक्षणमा २९७ जनामा सङ्क्रमण देखिएको हो। सङ्क्रमित मध्ये १५६ महिला र १४१ जना पुरुष रहेका छन् ।
प्रदेशका ७ जिल्लामा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै कास्कीमा सङ्क्रमित भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
उनका अनुसार कास्की १६२, बागलुङ १६,स्याङ्जा १८, पर्वत ३४, गोरखा ५, लमजुङ १३, तनहुँमा ३० र नवलपरासी पूर्वमा १९ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८१ हजार ५७५ पुगेको छ ।
गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा लमजुङ बेशीसहर नगरपालिका–११ का ६७ वर्षीय महिला र म्याग्दीको बेनी नगरपालिका–२ का ७२ वर्षीय पुरुषको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार २९५ पुगेको छ।
गण्डकी प्रदेशमा हालसम्म ७७ हजार २२ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३१९ पुगेको छ ।
गण्डकीमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार २५२ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको