मानव सेवा आश्रमलाई खाद्यन्न सहयोग

आदर्श अनलाइन, बागलुङ

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बागलुङ शाखाले बिहिबार मानवसेवा आश्रममा खाद्य सामग्री हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले आफ्नो चौथो वार्षिक उत्सवमा खाद्य सामग्री हस्तान्तरण गरेको हो ।

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको चौथो वार्षिक समारोह पारी आश्रमलाई खाद्य सामग्री हस्तान्तण गरेको रिलायवल नेपाल लाइफ इन्स्योरेन्स बागलुङका प्रमुख नारयण पौडेलले बताउनुभयो ।

इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व भएका कारणले आफ्नो वार्षिक उत्सवको अवसरमा आश्रमलाई सहयोग गरेको पौडेलको भनाई छ । इन्स्योरेन्सले आफ्नो चौथो वार्षिक उत्सव विभिन्न कार्यक्रम गरेर मनाउने तयारी गरेको पौडेलले बताउनुभयो ।

आश्रमलाई चामल, नुन, तेल, मसला, दाल, हेन्डवास, सेनिटाईजर, माक्स गरि ६ हजार बराबरको सामग्री इन्स्योरेन्सका प्रमुख पौडेलले आश्रमका प्रमुख सुमिरा लामालाई हस्तान्तरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *