शुक्रबार तय कांग्रेसको वडा अधिवेशन भदौ २१ मा हुने

आदर्श अनलाइन, बागलुङ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १८ गते वडा स्तरबाट हुने भनिए पनि २१ गतेदेखि मात्रै वडा अधिवेशन सुरु हुने भएको छ ।

२१ गते बागलुङको ८५ वटै वडामा अधिवेशन हुने कांग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत बुधबार मात्रै बागलुङमा आएपछि विभिन्न तयारी गर्नु पर्ने हुँदा भदौ २१ मा वडा अधिवेशन गर्नु पर्ने सभापति थापाले आर्दश अनलाइनलाई जानकारी दिनुभयो । बागलुङमा अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रबाट निर्वाचन अधिकृतका रुपमा अधिवक्ता विष्णु प्रसाद शर्मा आउनु भएको छ ।

२१ गते वडा अधिवेशन हुने भएपछि बागलुङका ८५ वटै वडामा कांग्रेस नेताहरुको चहल-पहल हुन थालेको छ । निर्वाचन अधिकृत ढिलो आएको र सबै वडामा निर्वाचनको तयारी गर्नु पर्ने हुँदा भदौ २१ मा वडा अधिवेशन हुने थापाको भनाई छ । बागलुङ कांग्रेसमा केही समय अगाडी सदस्यता नविकरण तथा नयाँ सदस्यता थप विवाद बारे केन्द्रमा मुद्धा समेत परेको थियो ।

मंगलबार मात्रै कांग्रेसले बागलुङको सदस्यहरुको नाम वेभसाइटमा सार्वजनिक गरेको थियो । कांग्रेस केन्द्रले गाउँ/नगरपालिकामा भदौ २७, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १, एक मात्रै प्रतिनिधि सभा भएको जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज ५, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १०, प्रदेश अधिवेशन कार्तिक १०, ११ र १२ र केन्द्रीय अधिवेशन मंसिर १, १०, ११, १२ , १३ गते हुने जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *