धम्जामा एमाले एकढिक्का,विभाजन पक्षमा नजाने निर्णय

बाबुराम भण्डारी, धम्जा

लामो आन्तरिक विवाद र रस्साकस्सी पश्चात नेकपा एमाले विभाजित भए पनि बागलुङको काठेखोला गाउँपालिका ३ धम्जाका नेता, कार्यकर्ता सबै एक ढिक्का हुने भएका छन् ।

पार्टी गाउँ कमिटी अध्यक्ष तथा काठेखोला गाउँपालिका ३ धम्जाका वडा अध्यक्ष यामबहादुर श्रीसको अध्यक्षतामा आज बुधवार बसेको गाउँ कमिटी सहितको नेताहरुको बैठकले पार्टी बिभाजित भए पनि एमालेमै एक भएर अघि बढ्ने निर्णय गरेको छ । पार्टी विभाजन पछि बैठक नै बसेर एकढिक्का हुने निर्णय गरेको जिल्लामै सम्भवतः यो पहिलो हो ।

केन्द्रीय राजनीतिमा देखिएको उतार चढाव, पार्टी अन्तरसंघर्षको समिक्षा गर्दै आगामी दिनमा वडामा पार्टीलाई एमालेमै रहेर थप सशक्त र सबल बनाउनेमा सबै स्थानीय नेताहरु एकमत भएको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाका वडा सदस्य तथा एमाले स्थानीय नेता खुम भण्डारीले जानकारी दिनुभयो । एमाले बागलुङको राजनीतिमा धम्जा एमालेको प्रभाव कायम रहेको क्षेत्र हो ।

पार्टी अन्तरसंघर्षका बेला संस्थापन र माधव नेपाल समूहमा विभाजित भए पनि अहिले पार्टी बिभाजन नै गरेर नेकपा एकीकृत समाजवादी बनाउनु गलत भएको निष्कर्ष सहित सबै एमालेमा रहेर पार्टीलाई थप सबल बनाउने कुराले स्थानीय नेता, कार्यकर्तामा उत्साह भरेको भण्डारीले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *