घर भत्किदाँ पोखरामा तीन जनाको मृत्यु,सेती नदी थुनिदाँ रामघाटमा ताल

आदर्श अनलाइन, पोखरा

पोखरामा बुधबार राति परेको अविरल वर्षाका कारण दुई घर भत्किदा ३ जनाको मृत्यु भएको छ ।

पहिरोले घर पुरिदा पोखरा २० भलाममा ४५ वर्षीय कृष्णकुमार श्रेष्ठको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनकी श्रमती ३५ वर्षीय सुनमाया तामाङ श्रेष्ठको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।

यसैगरी पोखरा १० रामबजार स्थित भञ्ज्याङ नमुना टोलमा पहिरोले घर भत्किदा ४२ वर्षीय लक्ष्मी नेपालीको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले बताएको छ । ब्लकले बनेको घर भत्किदा नेपालीको ज्यान गएको हो । घट्नामा नेपालीकी १४ वर्षीय छोरी सृष्टि नेपाली घाइते भइ उपचार पछि घर फर्केकी छन् । विभिन्न घटनामा २ घाइते र १ बेपत्ता छन् ।

घट्नामा कृष्णकुमारका ९ वर्षीय छोरा राजकुमार श्रेष्ठ घाइते भएका छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । कृष्णकुमारका कान्छा छोरा सन्तोष श्रेष्ठ बेपत्ता छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

यसैगरी पोखरा २० भलालम मुलबारीमा घर भत्केको र उद्धार कार्य जारी रहेको पोखरा २० का वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए ।

पोखरामा विभिन्न ठाउँमा पहिरो गएको सूचना आएकोले सुरक्षार्की त्यसतर्फ खटिएको कास्की प्रहरीले बताएको छ । पोखरामा गत २४ घण्टामा २२१।४ मिलीमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अविरल वर्षाको कारण कमलपोखरी क्षेत्रको बस्ती जलमग्न भएको छ । गहिरिएर बग्ने सेती नदी थुनीदा रामघाट ताल बनेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *