मृगौला पीडित खत्रीको उपचारार्थ जापानबाट ८ लाख सहयोग

आदर्श अनलाइन, बागलुङ

जिल्लाको गल्कोट नगरपालिका वडा नम्वर २ नरेठाँटी निवासी मृगौला पीडित तेजा खत्रीका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

बिगत लामो समयदेखि मृगौलाको समस्याबाट पीडित खत्रीको उपचारका लागि जापानमा रहेका नेपालीहरुले ८ लाख १४ हजार ३ सय रुपैया सहयोग गरेका हुन् ।

जन्मदेखि नै एउटा मृगौला रहेको र त्यही पनि बिग्रिएर काठमाण्डौको निदान अस्पतालमा उपचार गराइरहनु भएकी खत्रीको मृगौला प्रत्यारोपणका लागि जापानमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।

नरेठाँटी स्थायी ठेगान भई बागलुङ नगरपालिका वडा नम्वर ३ किरानाटोलमा व्यवसायी गरी बस्ने खत्रीको मृगौलाको उपचारका लागि आर्थिक अभाव भएकाले जापानमा रहेका नेपालीहरुको सक्रियतामा संकलन भएको उक्त रकम हस्तान्तरण गरिएको बागलुङका समन्वयकर्ता एवम् हिमालयन मोटरसाइकल वर्क सपका संचालक यामबहादुर कार्कीले जानकारी दिनुभयो ।

जापान बिभिन्न पेशा तथा व्यवसाय गरी बस्ने कमलबहादुर कार्की, मिलन केसी, देवेन्द्र खत्री, रमेशकुमार खत्री, लक्षुमन कार्की, तेजेन्द्र भण्डारी, भगवान खत्री, रोमन कार्की, रोहित खत्रीको सक्रियतामा संकलित रकम बराबरको चेक समन्वयकर्ता कार्की, चन्द्रबहादुर खत्री र मिनबहादुर भण्डारीले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य ताराप्रसाद शर्माको रोहवरमा हस्तान्तरण गर्नु भएको थियो ।

आफ्नै छरछिमेकी तथा एउटै वडाकी चेली खत्रीको मृगौलामा समस्या भएको खबर पाए पछि जापानमा रहेका नेपालीहरुको सहयोगमा संकलन भएको रकम उहाँको उपचारका लागि पठाइएको नरेठाटी घर भई जापानमा कार्यरत मिलन केसीले जानकारी दिनुभयो ।

खत्रीको उपचारका लागि जसपुरे गोतामे खत्री परिवारको तर्फबाट पनि संकलन गरिएको ३ लाख ४ हजार ८ सय ६ रुपैया हस्तान्तरण गर्न लागिएको संकलनकर्ता चन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो । खत्रीको उपचारका लागि हालसम्म ४ लाख खर्च भैसकेको र अझै २० देखि २५ लाख लाग्ने अनुमान गरिएको उहाँको परिवारले जनाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *