दाँतमा किरा लाग्ने रोग, समस्या र सचेतता

जिवन शाक्य
दाँतको दुखाई असह्य हुन्छ । यसलाई सुत्केरी हँुदा गर्भवती महिलालाई पेट दुख्ने समस्यासंग तुलना गर्ने गरिन्छ । हुन पनि यस्तो दुखाई हुन्छ कि दुखाईले रातभर निद्रा नलाग्ने हुन्छ । आज भन्दा १०,१२ वर्ष अघि मलाई तल्लो बंगारामा दाँत किरा लागेर दुख्ने, बिचमा खाल्डो पर्ने गिँजा पनि सुनिने भएपछि यस्तो समस्या भएको थियो । दातँ दुखेर एक्सरे गर्दा झन् जरा बाङ्गिएको छ, यहाँ निकाल्न कठिन छ भनेर पोखरा जाने सल्लाह दिए पछि मणिपाल अस्पतालमा गए । चिकित्सकले पुनः एक्सरे गरेर हेरे पछि निकाल्ने कार्य भयो । दाँत निकाल्न पनि यस्तो कठिन भयो कि नदुख्ने सुइ लगाएर तल्लो दाहिने पट्टिको भाग पुरै झम्म निदाउने गराए पछि दुई जना डाक्टर भएर ह्यामरले हान्दै, बल लगाएर करिब एक घण्टा लगाएर निकाल्ने काम भयो । निकाले पछि पनि गिँजा र निकालेको भाग धेरै सुनिएर मुख देखाउन लाज लाग्ने भएको थियो । ४, ५ दिन सम्म औषधी खाने गर्नु परेको थियो । सम्झिदाँ अझै डर लाग्छ ।

केही दिन अघि देखि देब्रै पट्टिको माथिल्लो बंगारा दातँ दुख्न शुरु भएको छ । केही दिन देखि दाँत केही बलियो र नहल्लिने भएको दुई वटा दाँतको बिचमा खाल्डो परेको भागमा सुई हान्दै खुर्कने काम डाक्टरले भने अनुसार गरिरहेको छु । शुरुमा दुखाईले गर्दा सही नसक्नु भएर किरा मार्ने, दुख्ने कम गराउने औषधि खाने गरेपछि मात्र चिकित्सककहाँ गएको थिए । तर, अवस्था हेरी ननिकाल्ने, सफा गरेर पक्को संग दाँत सिमेन्ट वा चाँदीले भर्ने कुरा भएको छ । सफा गर्न सियोले खुर्कने, घोच्ने गर्दा कति बेला धेरै दुखाई पनि भयो । एक्सरे गर्दा जरा बाङ्गिएको भने रहेनछ । बिच बिचमा दुखाईले पुनः क्लिनिक धाउने काम भइरहेको छ । अतः दाँत किरा लागेर दुख्ने भनेको सामान्य दुखाई होइन । यसलाई हलुका ढंगले लिने कार्य नगरौ, नसोचौ । होइन भने मैले जस्तो कडा दुखाई सहनु पर्ने, उखेल्न पोखरा काठमाण्डौ जान पर्ने पैसा श्रम खेर फाल्नु पर्ने हुन्छ । आफ्नै स्वास्थ्यकर्मी भएर मैले यस्तो समस्या भोग्न बाध्य भए ।

आज भन्दा करीब १५,२० वर्ष अघिको कुरा हो । एक जना ५५ वर्ष जतिको प्रौढ गाउँको मान्छे माथिल्लो दाँत किरा लागेर धेरै सुनिएको, ज्वरो चर्को आएको र गाउँमा उपचार गरेर निको नभएर बेनी पोखरा जान स्वास्थ्य चौकीको डाक्टरले सल्लाह दिए पछि बोक्ने मान्छेले बोकाएर ल्यायो । म त्यसबेला सिंगा तातोपानी कुण्ड नजिकको दरवाङ जाने बाटोमा तातोपानी बजारको स्वास्थ्य चौकीमा कार्यरत थिए । बिरामी देखेपछि मैले उपचार त्यही स्वास्थ्य चौकीमा सम्भव भएको बताए । बिरामीलाई चौकीमा ल्याउने काम भयो । मैले माक्स पन्जा लगाएर पिप परेको भाग चिरे र करिब एक चौथाई भन्दा बढी पिप निकाले । हातले फोरसेपले घाउ खोल्ने निचोर्ने गरेर गहिरो गरी सफा गरे । नदुख्ने घाउ निको पार्ने सुइ दिए केही दिन । बिरामीलाई दुखाई र ज्वरो कम भयो । ४,५ दिनमा करिब पुरै निको भयो । औषधि खाइ राख्न दिए । खाना खाएर विहान बेलुकी ब्रुस गर्ने, चर्को मनतातो पानीले कुल्ला गर्ने, कडा साह्रो खाने कुरा नखाने आदि सल्लाह दिए । बिरामी र उनको आफन्तले धन्यवाद दिने कार्य गरे, निको पार्न सकेकोमा म पनि खुसी नै थिए । त्यति गर्दा पनि उनलाई त्यतिबेला करिब चार हजार खर्च लागेको थियो ।

दाँत किराले खाने, दुख्ने समस्यालाई हामीले धेरै हलुका ढंगले लिन्छौ । दाँत स्वस्थ हुँदा जे मन लाग्यो खाने, विहान बेलुकी खाना खाएको केही समय पछि दाँत माभ्mने काममा लापरवाही गर्ने सोचले ग्रसित हुदा ह्यामरले हानेर बंगारो निकाल्ने समस्या भोगँे । एकातिर दाँत कोट्याउनु पर्ने गरी मासु खान्छौ, अर्को तिर समयमा नमाझ्ने वा विहान मात्रै दाँत माझ्ने हाम्रो चलन अझ धेरै छ । दाँत भनेको सुनको गेडी जस्तै हो भनेर पढ्ने गरेको मलाई याद छ । यसले हामीलाई खानेकुरा सबै खान, पचाउन धेरै सहयोग मात्रै गरेको छैन, हाम्रो अनुहारको रुप पनि सुन्दर अवस्थामा राख्न सहयोग गरेको छ । यो तथ्य गम्भीरतापूर्वक मनन गर्न जरुरी छ । धेरै युवा युवतिलाई अगाडिको दाँत खाली भएर बुढाबुढी जस्तै देखेको छु । हाँस्दा मुख खोल्दा अनुहारको रुप नै बेरुप भएको, अझ उनीहरुलाई कडा खानेकुरा चपाउन नहुने मिठो खान चपाएर खान नहुने कति समस्या होला ? आजभोली बालबालिकाहरुलाई १ वर्ष पुग्न पाएको छैन । आइसक्रिम, चकलेट बिस्कुट, मारा खुवाउने गरेको धेरै देखेको छु । कति बालबालिकाको दाँत नमिलेर एक आपसमा खप्टिएको, मुख खोलेको अवस्थामा ओठनै एकातिर नमिलेको जस्तो देखिने गरेको पनि देखेको छु ।

५० वर्ष काटेका बजारका गाउँका पनि धेरैको दाँतको समस्या भएर ल्वाङको तेल किन्न आईराखेको, बिच बिचको ४,५ वटा भन्दा बढी दाँत खाली भएको । कतिले दाँतको समस्याले गर्दा पुरा दाँत टल्किने गरी बाँधिराखेको पनि देखेको छु । ६५,७० काटेका धेरै बुढाबुढीले कडा साह्रो खानेकुराहरु खान नसक्ने भएर धेरै नरम वा झोल खानेकुरा मात्र खाइरहेका छन् ।

उपचार र बचावटः
समस्या परे पछि चिकित्सक क्लिनिक धाउनै पर्ने हुन्छ । तर, समस्या नभएको बेलामा दाँतले मुख सुनिने, किरा लाग्ने, खाल्डो पर्ने, मुख खोल्दा घिन लाग्ने गरी गनाउने, तातो चिसो लाग्ने वा दाँत हल्लिने, दुख्ने समस्याबाट बच्न, अगाडिको दातँमा अड्किने निकाल्न कोट्याउनु पर्ने समस्याबाट बच्नु पर्छ । मासु धेरै खाने चिसो पेयपदार्थहरु पिउने आइसक्रिम, चकलेट, बिस्कुट, मिठाइ, जेरी, गुलियो धेरै खाने गर्दा दाँतमा पहेलो लेउँ लाग्दै, जम्दै गरेर बिस्तारै किरा लाग्ने खाल्टो पर्ने वा गिँजा सुनिने हुन्छ ।
त्यसैले विहान बेलुकी खाना खाएपछि माझ्नै पर्छ । मैले गुलियो चकलेट, बिस्कुट धेरै कम खाने गरे पनि मासु खाने र कोट्याउने गरेर हो दाँतको समस्या निम्त्याएको । संगै बेलुकी मात्रै ब्रस गर्ने विहान कुल्ला गरेर पनि नपुग्ने जस्तो लाग्छ । पोषिलो खानपान, योग गरेको छु । विहान मात्र ब्रस गरे पुग्छ भनेर पनि नबसौं । दाँत मुखको समस्याले लामो समय सम्म घाँटी दुख्ने भयो भने बालबालिकामा मुटु, मृगौला पनि खराब हुने रोग लाग्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *