सिगानामा एमाले एकढिक्का, विभाजनका पक्षमा नरहेको सन्देश


–आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले बागलुङलले संगठन सुदृढिकरण अभियान थालेको छ ।


नेकपा एमाले विभाजन भएपछि आफूलाई थप शसक्त बनाउदै संगठन सुदृढिकरण अभियान अन्र्तगत सिगानामा वडा भेला सम्पन्न भएको छ ।


वडा भेलामा उपस्थिति वडा कमिटिका सदस्यहरुले आफरुहरु विभाजनको पक्षमा नरहेको भन्दै शुरुमै उमाले एक ढिक्क भएको सन्देश दिएको बताएका छन् । वडा भेलालाई सम्बोधन गर्दै प्रमुख अितिथि नेकपा एमालेका केन्द्रिय सदस्य, एमाले जिल्ला इन्चार्ज तथा संघीय सांसद मन कुमारी के.सीले नेकपा एमाले अब एक ढिक्का भएको सन्देश गाउँ गाउँबाट आएको भन्दै पार्टीलाई झनै शसक्त भएर अगाढी बढाउन आम कार्यकर्तालाई आग्रह गर्नुभयो ।


कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश सदस्य तथा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, जिल्ला कमिटि सदस्य राम बहादुर जिसी, बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष राजन जिसी, युवा नेता सुरज बोसेल, विद्यार्थी नेता अमृता जिसीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।


कार्यक्रम नेकपा एमाले वडा कमिटिका अध्यक्ष लालबहादुर थापाको अध्यक्षता, गोविन्द्र प्रसाद गौतमको स्वागत, भद्र बहादुर कार्कीको सञ्चालनमा समपन्न भएको थियो । कार्यक्रममा १३ जना युवाहरु एमालेमा प्रवेश गरेको थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *