कांग्रेस जनतालाई यथास्थितीबादको गढमा कैद गर्न चाहान्छः नेता नेपाली


सुमन सुनार, बुर्तिबाङ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटि सदस्य तथा गण्डकी प्रदेश कमिटि सचिव गोविन्द नेपालीले नेपाली कांग्रेस जनतालाई यथास्थीतीवादको गढ भित्र सधैँ कैद गर्न चाहने शक्ति भएको बताउनुभएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिका – १ बुर्तिबाङमा सोमबार आयोजित बाम गठबन्धनको प्रेदश स्तरीय संयुक्त भेलालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेपालीले यस्तो बताउनुभएको हो ।

कांग्रेसमा कुनै एजेण्डा नभएको र परिवर्तन उसको लागि प्रिय विषय नभएको भन्दै नेपालीले प्रजातान्त्रीक समाजवाद भन्न पनि कांग्रेसले बिर्सीएको आरोप लगाउनुभयो । नेपालको कम्यूनिष्ट आन्दोलन र श्रमजिवि, सर्वहारा वर्गको मुख्य प्रतिस्पर्धी शक्ति कांग्रेस भएको बताउँदै उहाँले राष्ट्रिय पुँजीको विकास, प्रगतिशिल उत्पादक शक्तिको विकास, राष्ट्रिय औधोगिक पुँजीको विकास गर्दै समाजवादमा पु¥याउने लक्ष प्राप्तीका लागि कम्यूनिष्टको विजयी आवश्यक रहेको दावी गर्नुभयो ।

नेपालीले भन्नुभयो, “नेपालमा कम्यूनिष्टहरुलाई कसैले सिध्याउन सक्दैन्, कम्यूनिष्टहरुको विकासलाई कसैले रोक्न सक्दैन, यदि रोक्न सक्छ भने आफै भित्रको अन्तरद्धन्दले सिध्याउने छ, त्यसैले हामी सजग बन्न जरुरी छ” । फरक फरक पार्टी विच चुनावी तालमेल भएपनि उच्च भावनात्मक एकताका साथ निर्वाचनमा सहभागि भन्न पनि उहाँले आग्रह गर्नुभयो । कम्यूनिष्टहरुले दुख, सुख र पिडालाई द्धवन्दात्मक हिसावले बुझ्ने बताउँदै नेपालीले सांसद टेक बहादुर घर्ति गुमाउनुको पिडा र शोकलाई शक्तीमा बदल्दै हिजो कम्यूनिष्टहको किल्लाको रुपमा स्थापित बागलुङलाई उप–निर्वाचन पछि अझ उच्च तथा उन्नत स्तरबाट स्थापित गरेर छोड्ने बताउनुभयो । उप–निर्वाचनमा बाम गठबन्धनले कुनै पनि हालतमा विजयी हाँसील गर्ने बन्दै प्रतिक्रियाबादीहरुबाट आएका चुनौतीहरुलाई सामना गर्ने आँट र उत्साह बटुल्दै अगाडी बढ्न दुवै पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुुभयो । जनताले ५ वर्षका लागि जिताएको जितलाई सुरक्षा गर्न नसके जनताले गलत नजरले हेर्ने बताउनुभयो ।

आसन्न उप–निर्वाचन व्यक्ति÷व्यक्ति विचको प्रतिपर्धा नभएर प्राप्त उपलब्धी संगै जनताका भावनालाई संस्थागत गर्ने वा नगर्ने, भन्ने विच प्रतिस्पर्धाको निर्वाचन भएको उल्लेख गर्नुभयो । नेकपाले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र समृद्धिका सन्दर्भमा कार्यगत एकता गर्ने मित्र शक्तिका रुपमा राजमोलाई लिएको नेपालीले बताउनुभयो ।

यस्तै सोही भेलालाई सम्बोधन गर्दै बाम गठबन्धनका साझा उम्मेदबार खिम विक्रम शाहीले यस क्षेत्रका जनता र स्वर्गिय सांसद घर्तिले देखेका सपना पुरा गर्नका लागि कटिवद्ध भएर लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यदि म निर्वाचनमा विजयी भएको खण्डमा कहिले मनोमानी गर्ने छैन्, यस क्षेत्रको विकासका लागि सवैको भावनालाई समेट्दै अगाडी बढ्ने छु” ।

यस्तै भेलामा नेपाल कम्यूनिष्ट पार्टी नेकपा केन्द्रीय कमिटि सदस्य तथा बागलुङ जिल्ला ईन्चार्ज बलावती शर्मा, नेकपा जिल्ला कमिटि बागलुङका अध्यक्ष तथा प्रदेश सांसद ईन्द्रलाल सापकोटा, राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, मगर मुक्ती मोर्चाका केन्द्रीय सदस्य सेरमान घर्ति लगायतले बोल्नुभएको थियो ।

राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाको अध्यक्षता रहेको भेलामा राजमोका केन्द्रीय कमिटि सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, नेकपाका केन्द्रीय कमिटि सदस्य तथा प्रतिनिधी सभाका सांसद मन कुमारी जिसी केसीको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै नेकपा प्रदेश कमिटि सदस्य मोहनलाल शर्मा, नेकपा प्रदेश कमिटि सदस्य प्रेम घर्ति मगर, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, ढोरपाटन नगर उप–प्रमुख तथा नेकपा जिल्ला कमिटि सदस्य करमती पुन लगायत दुवै पार्टीका नेता, कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।

ढोरपाटन नगरपालिकाका नगर प्रमुख तथा नेकपा जिल्ला कमिटि सदस्य देव कुमार नेपालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भने जिल्ला कमिटि सचिव ज्ञामनाथ गैरेले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *