आदर्श सञ्चार अनलाइनको दोस्रो वार्षिकोत्सव स्वास्थ्यकर्मीसँग

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्श सञ्चार डट कमको दोस्रो वार्षिकोत्सव स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गरेर मनाइएको छ ।

२०७६ भाद्र २१ गते सुरु भएको आदर्श सञ्चार अनलाइन सञ्चालनको तेस्रो वर्ष प्रवेशका अवसरमा सोमबार कोभिड संकट, स्वास्थ्य र मिडिया विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । आदर्श सञ्चार अनलाइनको पहिलो वार्षिकोत्सवका अवसरमा गत वर्ष ढोरपाटनका पहिरो पीडितका लागि १ लाख ५१ हजार १ सय ५१ रुपैया आर्थिक सहयोग गरिएको थियो ।

कार्यक्रममा आमन्त्रित स्वास्थ्यकर्मीले कोरोना भयावहको अवस्थामा जिल्लाका मिडिया र मिडियाकर्मीको भूमिका सकारात्मक रहेको र आगामी दिनमा थप सिर्जनशील र जिम्मेवार बन्न आवश्यक रहेकोमा जोड दिएका थिए । मिडियाको साथ र सहयोग बिना कोभिड रोकथाम र नियन्त्रण सम्भव नभएकाले मिडियाले आवश्यक खबरदारी र सकारात्मक भूमिका खेल्नुपर्ने उनीहरुको भनाई थियो ।

वार्षिकोत्सवको उद्घाटन गर्दै धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेल

कार्यक्रममा धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले कोभिड संकटको समयमा बागलुङका सञ्चारमाध्यमले खेलेको भूमिका अत्यन्तै प्रभावकारी रहेको बताउनुभयो । नागरिकलाई सजक बनाउनेदेखि संक्रमण रोकथाममा समेत सञ्चारमाध्यमहरुले भूमिका खेलेको उहाँको भनाइ थियो ।

डाक्टर पोखरेलले स्वास्थ्य क्षेत्रको विकास, सुधार र प्रर्वद्धनमा संचार माध्यमले महत्वपूर्ण योगदान पु¥याएको भन्दै आगामी दिनमा संचार माध्यमको भूमिका अझ सशक्त र रचनात्मक हुनु पर्नेमा जोड दिनुभयो । जनतालाई स्वास्थ्यका बारेमा सचेत बनाउने विषयमा मिडियाको भूमिकालाई थप प्रभावकारी बनाउन सके रोगबाट हुने क्षति कम गर्न सकिने उहाँको भनाइ थियो । उहाँले अहिलेको युग सूचना प्रविधिको भएको भन्दै पत्रकारले आफूलाई सोही अनुसार परिवर्तन गर्द लैजानु पर्ने बताउनुभयो ।

धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेल

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बागलुङमा कोरोना संक्रमणको अवस्था बारे जानकारी गराउनु भएको थियो । गुरौले कोरोनाको पहिलो चरणदेखि नै बागलुङका पत्रकारहरुले स्वास्थ्य सम्बन्धि सूचना प्रवाहमा अग्रणी भूमिका खेलेको बताउनुभयो । उहाँले सूचना सम्प्रेषणमा सरोकारवाला भन्दा अन्यलाई कुनै पनि तरिकाले क्षति नहोस भन्ने विषयमा थप सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले कोरोना अहिले सामान्य उन्मुख भए पनि जोखिम कायमै रहेकाले सबैले स्वास्थ्य सुरक्षा र सचेतता अपनाउन अपरिहार्य भएको बताउनुभयो ।
धौलागिरी अस्पतालका नर्सिङ इन्चार्ज देवी भट्टराइले पहिले कोरोना उपचारमा खटिँदा नर्सहरु आँशु झार्ने अवस्था रहेकोमा अहिले त्यही काम गर्दा गर्व गर्ने खालको परिवेश धौलागिरी अस्पताल, स्वास्थ्यकर्मीले निर्माण गरेको बताउनुभयो ।

वार्षिकोत्सवका अवसरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागी पत्रकार लगायत ।

कार्यक्रममा बागलुङका पत्रकारहरुले कोरोना संक्रमणको समयमा आफूले भोगेका अनुभव सुनाएका थिए । कार्यक्रममा पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर विक, अधिकारकर्मी राम शर्मा, स्वास्थ्य विमा बोर्ड बागलुङका संयोजक नारायण पौडेल, पत्रकारहरु प्रकाश बराल, किरण आचार्य, सुवास आचार्य लगायतले बोल्नु भएको थियो ।

वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्र्दै पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर विक


कार्यक्रममा संस्थाका सम्पादक रामबहादुर जिसीले आदर्श सञ्चार सहकारीले सञ्चारमाध्यम सञ्चालनमा खेलेको भूमिका, आदर्शसञ्चार अनलाइनको आवश्यकता र प्रभावकारिता तथा कार्यक्रमको औचित्यका बारेमा जानकारी गराउनु भएको थियो ।

आदर्श सञ्चारसँग स्वास्थ्यकर्मी कार्यक्रमका बारे जानकारी गराउँदै आदर्शका सम्पादक रामबहादुर जिसी

कार्यक्रम संस्थाका अध्यक्ष हुमाकुमारी जिसीको अध्यक्षता, उपाध्यक्ष अनन्तबहादुर खड्काको स्वागत, आदर्श सञ्चार डटकमका सम्पादक दिल शिरिषको संचालनमा सम्पन्न भएको थियो ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले स्थापनाकाल २०६३ देखि धौलागिरी जागरण दैनिक, २०६८ देखि अग्रसर साप्ताहिक, २०७६ देखि आदर्श सञ्चार अनलाइन सञ्चालन गर्नुका साथै २०७० देखि सञ्चालित धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आएको छ ।

धौलागिरीमा पहिलो सूचना तथा सञ्चार सहकारी स्थापना गरी सहकारीमार्फत सञ्चारमाध्यम सञ्चालन गरेको आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार ८ सय जना शेयर सदस्य, ५ करोड शेयर रकम, ३३ करोड बचत, ३५ करोड कर्जा लगानी र ४५ करोड कुल सम्पत्ती रहेको संस्थाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *